११ बैशाख २०८१, मंगलवार
कोहलपुरका कार्किले गरे जुम्लामा आत्मदाहको प्रयास

रवि लामिछाने जस्तो मान्छेले न्याय नपाउने देशमा बाँचेर के गर्नु, त्यसैले मर्ने निधो गरेको हुँ


  • टाइम्स संवाददाता

  • १९ माघ २०७९, बिहीबार १६:२६

जुम्ला:जुम्लामा एकजना पुरुषले आत्मदाहको प्रयास गरेका छन्। बिहीबार दिउँसो ३ बजेतिर जिल्ला प्रशासन कार्यालय जुम्लाको भवनअगाडि ‘रवि लामिछानेले न्याय पाउनुपर्छ’ भन्दै एकजना यूवाले आत्महत्याको प्रयास गरेका हुन्।

कोहहलपुर नगरपालिका–१० मा स्थायी घर भएका वर्ष ४० का गोर्कण कार्कीले रवि लामिछानेले न्याय पाउनु पर्छ भन्दै शरीरमा पेट्रोल खन्याएर आत्महत्या गर्ने प्रयास गरेको प्रहरी नायब उपरिक्षक (डिएसपी) नरेन्द्र चन्दले जानकारी दिए।

उनले भने ‘नीज कार्की शरीरमा पेट्रोल खन्याइसकेर शरीरमा आगो लगाउने तयारीमा थिए। प्रशासनकै भवनको आँडमा भएकोले हामीले छिटै थाहा पाएनौ । तत्काल रोकेपछि मानवीय क्षती हुनबाट भने जोगियो।’

आगो सल्काउन थालेका कार्कीबाट प्रहरीले लाईटर खोसेको थियो । आत्मदाहको प्रयास गर्ने कार्की कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चालक हुन् । विगत १५ वर्षदेखि प्रतिष्ठानमा काम गर्दै आएका छन्।

आत्मदाहको कारणबारे खुलाउदै कार्कीले भने, ‘यो देशमा जताततै भ्रष्टाचार छ। अनियमितता छ। भ्रष्टचार रोक्नु,देशलाई परिवर्तन गर्छु भन्ने रवि लामिछाने जस्तो मान्छेले न्याय नपाउने देशमा बाँचेर के गर्नु। त्यसैले मर्ने निधो गरेको हुँ।’

कार्कीलाई कर्णाली प्रतिष्ठानका प्रशासकीय अधिकृत द्धोन्द्धबहादुर शाहीको जिम्मा लगाइएको डिएसपी चन्दले बताए। पूर्वगृहमन्त्री रविलामिछाने नागरिकता विवादका कारण पदमुक्त भएका छन्।

Nabintech