६ बैशाख २०८१, बिहीबार
अनेरास्ववीयु बांकेको प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र

यातायात बांके गाउ सारिदा सेवाग्राहिहरु अपाएक पर्दा मर्कामा परेका छन


  • टाइम्स संवाददाता

  • १९ माघ २०७९, बिहीबार १७:१४

बांके: नेकपा एमालेको भात्रि संगठन अनेरास्ववीयु बांकेले आज बांकेका प्रमुख जिल्ला अधिकारीको कार्यालय जिल्ला प्रशासनमा सहायक जिल्ला अधिकारी टोपेन्द्र के.सि. समक्ष यातायात व्यवस्था कार्यालय अपाएक भएको बिषयमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

सहायक जिल्ला अधिकारी के.सिलाई अनेरास्ववीयका केन्द्रिय सदस्य सुमन घिमिरे, बांके जिल्ला अध्यक्ष दिनेश के.सि., जिल्ला उपाध्यक्ष बिकल भट्टराई जिल्ला सचिब प्रकाश बिक र खजुरा गाउपालिका अध्यक्ष बिजय श्रेष्ठ लगाएतको बिद्यार्थीको समुहले उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।

सेवा क्षेत्रमा सबभन्दा बढि जनतासंग जोडिएको यातायात व्यबस्था कार्यालय सरकारी जग्गा र भवनहरु खालि हुदा हुदै अपाएक ठाउमा केहि निहित ब्यक्तिको स्वार्थ र सेटिङमा सारीएको भन्दै अनेरास्ववीयुले यथाशिघ्र सबैलाई पाएक पर्ने स्थानमा यातायात कार्यालय स्थानान्तर गर्नुपर्ने माग राखेको छ ।

बांके गाउको गल्लिमा यातायात कार्यालय सारिएको प्रति आश्चर्य जनाउदै अनेरास्ववीयुले सो स्थान वरपर साघुरा सडकका कारण दुर्घटना हुने, सवारी जांच पास गर्दा सवारी साधन लैजान कठिन हुने मात्र नभई सर्बसाधारणलाई उक्त स्थान सम्म पुग्न सुर्खेतरोडबाट महंगो रिक्सा भाडा समेत लाग्ने भएकाले कुनै निजि ब्यक्तिको लाभका लागि मात्र उक्त स्थानमा यातायात कार्यालय लगेको प्रति आपत्ति जनाउदै सर्बसाधारणको लाभलाई सोच्न जिल्ला प्रशासन बांके मार्फत प्रधानमन्त्रि कार्यालयको ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षण पत्र बुझदै सहायक जिल्ला अधिकारी टोपेन्द्र के.सि ले यस बिषमा सबै पक्षसंग छलफल गरेर मात्र निकास दिन सकिने प्रतिक्रिया दिएका छन ।

 

 

Nabintech