१६ चैत्र २०८०, शुक्रबार
बाँके कांग्रेस क्षेत्र नम्बर १ को कोषाध्यक्षमा आचार्य र प्रवक्तामा खत्री

बलराम शर्मालाई अन्य पार्टी समन्वय प्रमुख, खुमबहादुर बस्नेतलाई स्थानीय तह समन्वय प्रमुख, जयश्वर पौडेललाई प्रशिक्षण प्रमुख


  • टाइम्स संवाददाता

  • २१ माघ २०७९, शनिबार १२:५१

नेपालगञ्ज :  नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीले विभिन्न व्यक्तिहरुलाई विभिन्न पदमा मनोनयन गरेका छन् । उनको सचिवालयले दिएको जानकारी अनुसार उनले क्षेत्रीय कोषाध्यक्ष, प्रवक्तासंगै विभिन्न शाखाका प्रमुखहरुको मनोनयन गरेका हुन ।

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ का सभापति केसीले ध्रुब आचार्यलाई कोषाध्यक्ष र तुलाराम खत्रीलाई क्षेत्रीय सदस्यमा मनोनयन गर्दै प्रवक्ताको जिम्मेवारी दिइएको क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले जानकारी दिए ।

यस्तै क्षेत्रीय सदस्यहरुमा कृष्णबहादुर पुन, नमिता रावत, नसुरुद्दिन शेख र डम्मरबहादुर खड्कालाई मनोनयन गरिएको छ । यसैगरी क्षेत्रीय प्रतिनिधिहरुमा खुमबहादुर खत्री र यमबहादुर रावतलाई मनोनयन गरिएको छ ।

नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) परिच्छेद ३ को धारा ११, उपधारा ४ (क) को (३), नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को ६३, विधानको परिच्छेद ३, धारा ११, उपधारा ४ को (ग) र विधानको परिच्छेद १२ को धारा ५१ को उपधारा (२) मा व्यवस्था भए बमोजिम विभिन्न व्यक्तिहरुलाई विभिन्न पदमा मनोनयन गरिएको बस्नेतले बताए ।

यस्तै क्षेत्रीय सभापति केसीले विभिन्न १२ शाखाका प्रमुखहरुको पनि मनोनयन गरेका छन् । नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) तथा नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद–१७ को धारा ४८ को उपधारा ५ मा व्यवस्था भए बमोजिम विभिन्न शाखाका प्रमुख पदहरुमा विभिन्न व्यक्तिहरुलाई मनोनयन गरिएको क्षेत्रीय सचिव बस्नेतले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएका छन् ।

प्रकाशित विज्ञप्ती अनुसार बलराम शर्मालाई अन्य पार्टी समन्वय प्रमुख, खुमबहादुर बस्नेतलाई स्थानीय तह समन्वय प्रमुख, जयश्वर पौडेललाई प्रशिक्षण प्रमुख, दिपेन्द्र उप्रेतीलाई युवा तथा तरुण समन्वय प्रमुख र धु्रब आचार्यलाई अभिलेख, अनुगमन तथा मुल्याङ्कन प्रमुखमा मनोनयन गरिएको छ ।

यसैगरी तुलाराम खत्रीलाई सूचना, सञ्चार तथा प्रचार–प्रसार प्रमुख, गोविन्द केसीलाई संगठन प्रमुख, अञ्जु न्यौपानेलाई स्वास्थ्य प्रमुख, दिपा बस्नेतलाइ गैरसरकारी तथा सामाजिक सेवा समन्वय प्रमुख, गंगाराम थारुलाई थारु जाती समन्वय प्रमुख, कृष्णबहादुर पुनलाई आदिबासी जनजाति प्रमुख र नमिता रावतलाई महिला समन्वय प्रमुखको जिम्मेवारी दिइएको छ ।

Nabintech