१३ बैशाख २०८१, बिहीबार
स्थानिय तहको नजरमा पर्न सकेनन् दलित समुदाय

  • टाइम्स संवाददाता

  • २१ माघ २०७९, शनिबार १८:०३

सुर्खेत: स्थानीय तहमा दलित समुदायको उत्थानका लागि ल्याइएका कार्यक्रम सञ्चालन नहुदा दलित समुदायले स्थानीय तहको आभाष गर्न पाएका छैनन् । गाउँघरको सरकार भएपनि सधैं जसो पछाडि पर्ने गरेको दलित समुदाय स्थानिय सरकारको नजरमा पनि पर्न नसकेको दलित समुदायका नागरिकहरु बताउने गर्दछन् ।

आगँनको सरकार भएता पनि दलित समुदाय भने उपेक्षामा पर्ने गरेको उनिहरुको गुनासो छ । निर्वाचनको बेला दलित समुदायको उत्थानको लागि सीपमुलक कार्यक्रम ल्याउने, रोजगारी दिने जस्ता विभिन्न खालका आश्वासन दिएता पनि निर्वाचन पछि भने जनप्रतिनिधिहरुले फर्केर नहेर्ने गरेका हुन् ।

सल्यानको कालिमाटि गाउँपालिकाले पनि दलित समुदायका लागि बजेट विनियोजन गरेको भएपनि अहिले सम्म कुनैपनि काम सुचारु नगरेको कालिमाटि गाउँपालिकाका अध्यक्ष दान बहादुर के सीले बताएका छन् । यस्तै, सुर्खेतको पञ्चपुरी नगरपालिकामा पनि दलित युवा स्वरोजगार कार्यक्रम भनेर बजेटमा समावेश गरिएपनि बजेट विनियोजन भएको ७ महिना वितिसक्दा पनि काम भने सुरु हुन सकेको छैन ।पञ्चपुरी नगरपालिकका नगरप्रमुख लालविर भण्डारीले दलित समुदायसँग सम्झौता गरेर चाँडै काम सञ्चालन गर्ने बताए ।

कालिकोटको पचालझरना गाउँपालिकाले पनि दलित समुदायका लागि बजेट नै कम छुट्याएको छ । बजेट विनियोजन गर्दा दलित समुदायका नागरिकका लागि सीपमुलक कार्यक्रमका साथै दलित समुदायका विद्यार्थीहरुलार्ई उच्च शिक्षा अध्ययनमा सहयोग गर्ने कार्यक्रम रहेको छ । अहिले यो पालिकामा सीपमुलक कार्यक्रम सञ्चालन नभएपनि दलित समुदायका एकजना छात्रालाई उच्च शिक्षा आईसिटि पढाइरहेको पचालझरना गाउँपालिकाका अध्यक्ष देवराज शाहीको भनाई छ ।

Nabintech