६ जेष्ठ २०८१, आईतवार
अर्घाखाँची मिलन केन्द्र बाँकेको चौथो अधिबेशन तथा बनभोज कार्यक्रम सम्पन्न

यस अघि कोहलपुर र बैजनाथ समेट्ने गरि कोहलपुरमा पनि बृहत भेला भएको थियो


  • टाइम्स संवाददाता

  • २२ माघ २०७९, आईतवार ०५:५९

कोहलपुर,बांके: शनिवारका अर्घाखाँची मिलन केन्द्र बाँकेको चौथो अधिबेशन तथा बन भोज कार्यक्रम सम्पन्न भएको छ। केन्द्रको अधिबेशनबाट नेपालगन्जका बिष्णु खनालको अध्यक्षतामा नया कार्यसमिती चयन भएको छ।

जसको उपाध्यक्षमा कश्मिरा खातुन र बुद्धि प्रसाद बन्जाडे, सचिबमा कृष्ण मरासिनी, सहसचिबमा रामशरण पन्थी र कोषाध्यक्षमा किरण खनाल चुनिएका छन। केन्द्रको सदस्यहरुमा क्रमश दामोदर खनाल,रेणु बेल्बासे, अजिमुल्ला अलि,जीव नारायण बेल्बासे, कल्पना शर्मा, दामोदर खनाल ,पशुपति अर्याल , राम प्रसाद भुसाल, गोकर्ण आचार्य, जमाल अलि, लगायत रहेका छन।

भेलाले संविधान सभा सदस्य देबराज भार र प्रभात कुमार ठकुरीलाई संरक्षकमा चयन गरेको छ भने एकदेव पन्थि, मान बहादुर बेल्बासे, जर्नादन पोख्रेल, हलिम शाह, वीर क्षेत्रि,गोबिन्द महत्रा, दिवाकर खनाल रहेको सल्लाहकार समिती समेत गठन गरेको छ। अर्घाखाँची जन्मस्थान भई बाँके जिल्ला भित्र स्थाई तथा अस्थायी रूपमा बसोवास गरि पेशा, व्यवसाय, अध्ययन एंव कर्मथलो बनाइ बसेकाहरु बिच एकता हुने बिश्वास गरिएको बताइएको छ। संस्थाले अगामी दिनमा के कस्ता काम गर्ने भन्ने बिसयमा गम्भीर छ्लफल गरि विभिन्न कार्य योजना बनाएको छ। यस अघि कोहलपुर र बैजनाथ समेट्ने गरि कोहलपुरमा पनि बृहत भेला भएको थियो।

कार्यक्रममा संविधान सभा सदस्य देवराज भार, नेपालगंज प्रहरी गुल्मका प्रमुख एस. पि .मित्र बन्दु शर्मा, बैजनाथ उधोग बाणिज्य संघका अध्यक्ष जर्नादन पोख्रेल,पुर्व अध्यक्ष प्रभात ठकुरी एंव नि. बर्तमान अध्यक्ष हलिम शाह लगायतले केन्द्रको महत्त्व बारे चर्चा गरेका थिय।

Nabintech