६ चैत्र २०८०, मंगलवार
नरैनापुर रोसनपुर्वाका स्थानीयवासीलाई अब भारतीय बाटो प्रयोग गर्न नपर्ने

बर्षौदेखि भारतिय बाटो भएर आफनै पालिका आउन बाध्य स्थानिय बाटो बन्न थालेपछि उत्साहित


  • टाइम्स संवाददाता

  • २४ माघ २०७९, मंगलवार १०:४५

नेपालगन्ज: बाँकेको जुम्ला भनेर चिनिने नरैनापुर र सोहि गाँउपालिका आउनका लागि नरैनापुर २ रोसनपुर्वाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्य भएका छन । गाँउपालिकाले ३ करोड लागतका रोसनपूर्वाको सडक निमार्ण कार्य शुरु गरेपछी स्थानीयहरु आजभोलि हर्षित भएका छन् ।

गाँउपालिकाको दक्षिण कुनामा भारतीय सीमासँग जोडिएको रोसनपुर्वा गाँउका बासिन्दा राज्यको उदासिनताका कारण आफ्नै पालिका आउनका लागि वर्षौदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेका थिए ।

रोसनपुर्वाबाट आफ्नै देशको भूमि प्रयोग गरेर गाँउपालिका र सदरमुकाम आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न बाध्य भएको स्थानीयवासी नजिर खाँले बताए । वर्षौ पछि गाँउपालिकाले बाटोको निमार्ण सुरु गरे पछि स्थानीयहरु उत्साहित भएका छन् ।
स्थानीय नजिर खाँले भन्नुभयो, “हाम्रा बच्चाहरु स्कुल जान पाएका थिएनन, नियमित रुपमा लगाईने खोप सहित शिक्षा, स्वास्थ्य र मतदान गर्न पाउने अधिकारबाट बञ्चित थियो । तर अब रोड बने पछि सहजता आउने छ ।” ६ किलोमिटरको बाटो तय गर्न उनीहरुलाई भारतीय बाटो प्रयोग गर्दा रु १५० र अढाई घण्टा समय लाग्ने गरेको स्थानीयवासी राजेश यादवले बताए ।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुर गाँउपालिका संग रोसनपूर्वालाई जोडने नेपाली सडक वर्षौपछि ३ करोड लागतमा निमार्ण सुरु गरिएको बताउदै अब रोसनपूर्वाका नागरिकहरुलाई भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यताको अन्त्य हुने दाबी गरे ।

 

योजना शाखा प्रमुख प्रकाश अधिकारीले ६ किलो मिटरको बाटो निमार्ण सुरु भएको बताउदै ५ महिना भित्रै सडकको निर्माणको काम सम्पन्न गरिने जानकारी दिए।

Nabintech