२१ बैशाख २०८१, शुक्रबार
पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प

  • टाइम्स संवाददाता

  • २७ माघ २०७९, शुक्रबार १०:५८

काठमाडौँ : पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मिनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ । भुकम्पले कहा कति क्षति भएको भन्ने बारे एकीन नभएको जनाउदै राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बिस्तृत बिबरण आई नसकेको जनाएको छ ।

 

Nabintech