२१ बैशाख २०८१, शुक्रबार
आर्थिक क्षेत्रबारे गहन अध्ययन गरी उचित निकास निकाल्नुपर्छ : राष्ट्रपति भण्डारी

उनले अघिल्लो संघीय संसद र हालको संघीय संसदले आफूलाई काम गर्न सहयोग गरेकोमा धन्यवाद समेत ब्यक्त गरिन्


  • टाइम्स संवाददाता

  • २७ माघ २०७९, शुक्रबार १५:३७

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक क्षेत्रका समस्या समाधान गर्नुपर्नेमा जोड दिएकी छन्। शुक्रबार संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले कोरोना भाइरसको महामारीबाट खस्किएको आर्थिक क्षेत्रलाई माथि उठाउन गहन अध्ययन गर्नुपर्ने बताएकी हुन्।

‘आर्थिक क्षेत्रमा देखिएको समस्या समाधानका लागि गहन अध्ययन गरी उचित निकास निकाल्नुपर्छ। २३ वर्षदेखि बिनियोजित बजेट पूर्ण रुपमा खर्च हुन सकेको छैन। एकातिर पूजी निर्माणका लागि बजेट कम हुने र अर्कातिर खर्च कम हुँदा अन्य आर्थिक क्रियाकलपामा सरकारी राज्श्वसमेत घटिरहेको छ। देशको आर्थिक अवस्थालाई तिव्रतर बनाउने प्रयासमा तगारो सिर्जना गरेको छ,’ उनले भनिन्।

राष्ट्रपति भण्डारी आर्थिक वृद्धिमा कृषि क्षेत्रलाई बढवा दिनुपर्ने बताइन्। उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सबैले ध्यान दिनुपर्ने बताउँदै अहिलेको प्रयासले हरेक नागरिकको आकांक्षा पूरा गर्न हाम्रा प्रयासहरुले सार्थकता पाएको छ तरु भन्दै प्रश्नसमेत गरिन्।

उनले अर्थतन्त्रको सुदृढिकरणमा गम्भीर पाइला चाल्नुपर्ने बताइन्। राष्ट्रपति भण्डारीले औपचारिक अर्थतन्त्रलाई संस्थागत गर्न वित्त नीति निर्देशित गर्नुपर्ने बताउँदै सबै प्रकारका आर्थिक क्रियाकलापलाई संसथागत रुपमा आबद्ध गर्दै राजश्व चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिएकी छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय लोकतन्त्रको आधारस्तम्भ स्थापित भएको बताएकी छिन् । शुक्रबार राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा शान्तिपूर्ण भूमिका खेल्ने नेपाल सरकार निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी तथा जनताहरुलाई धन्यवाद दिइन् ।

उनले नेपालको संविधान कार्यान्वयनको ७ वर्षको अभ्यास र अनुभव महत्वपूर्ण रहेको बताउँदै संघीय लोकतन्त्रको आधारस्तम्भ स्थापित भएको उल्लेख गरिन् ।  उनले भनिन्– ‘संविधान कार्यान्वयन, संघीय शासन व्यवस्था कार्यान्वयन र सञ्चालन र लोकतन्त्रको व्यवहारिक सुदृढिकरणका लागि हामीले अवलम्बन गरेका नीति निर्माण गरिएका कानुन र प्रक्रियागत सुधारका कारण राजनीतिक स्थायित्व कायम भएको छ ।
देशलाई यहाँसम्म ल्याइपुर्याउन जनताले विगतमा गरेको राजनीतिक संर्घषको स्मरण गर्दै यस घडीमा अग्रजहरुप्रति सम्मान र अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछु ।’ उनले अघिल्लो संघीय संसद र हालको संघीय संसदले आफूलाई काम गर्न सहयोग गरेकोमा धन्यवाद समेत ब्यक्त गरिन् ।
Nabintech