१५ चैत्र २०८०, बिहीबार
बांकेका माननिय दुर्गा प्रसाद चौधरी वन तथा वातावरण मन्त्रि, को हुन दुर्गा ?

सादा जिवन उच्च विचारका धनि चौधरी ईमान्दार राजनैतिक हस्तिका रुपमा चिनिदै


  • प्रमोद रिजाल

  • २९ माघ २०७९, आईतवार ०८:५७

कोहलपुर, बांके :बांके क्षेत्र नं. १ ख बाट विजयी लुम्बिनी प्रदेश सभाका माननिय सांसद दुर्गा प्रसाद चौधरी वन तथा वाताबरण मन्त्रिमा नियुक्त भएका छन्। मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा उनी वन तथा वाताबरण मन्त्रिमा नियुक्त भएका हुन ।

नवनियुक्त चौधरी लगायत अन्य मन्त्रीहरुको शपथ आज हुने भएको छ । आइतबार प्रदेश राजधानी दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

को हुन त दर्गा प्रसाद थारु ?
बाँके जिल्ला राप्तिसोनारी गाउँपालिका वडा नम्बर ३ बैजापुरको बैशा गाउँमा बिक्रम सम्बत २०३८ सालमा बुवा खुसिराम थारु र आमा भुखली थारुको कोखबाट जन्मिएका सात भाइ मध्यका काईला छोरा हुन् दुर्गा प्रसाद चौधरी उनि राजनीति यात्रामा सन्तोष भनेर पनि परिचित छन् । उनका १ छोरी र १ छोरा छन् बिगत १४ बर्षदेखी कोहलपुर नगरपालिकावडा नम्बर २ शक्तिनगरमा बस्दै आएका उनी बाल्यकाल निकै दुख कष्ट र भुखमरीसङ्गै कटेको छ ।

दुर्गा पाँच बर्षको हुँदा आफ्ना हजुरबुवाले रागा किन्न गाउँकै साहुजनबाट सातबिसे ऋण लिएको र रागा मरेपछि सातबिसे ऋण तिर्न १३ बर्षसम्म उनीहरुले उब्जाएको बाली एक दाना पनि खान पाएनन उनको घरमा भोकमरी पर्यो । उक्त भोकमरीको व्यथा अनि चौधरीको ढल्कदो उमेरसङ्गै उनको घरमा घटेको उक्त घटनाले उनिमा बिद्रोहको भाव जन्माएपछि उनिलाई १५ बर्षकै उमेरमा माओवादी पाटिमा लाग्ने प्रेरणा मिलेको थियो।

२०५३ सालमा माओवादी पाटिको सदस्य बनेपछी उनको राजनीतिक यात्रा औपचारिक रुपमा सुरु भएको थियो। उनी माओवादीमा हुँदा छापामार दलमा समाहित भएर सातवटा डिभिजन मध्यको छ नम्बर डिभिजन सुर्खेत दशरथपुरमा सहायक कमान्डर भएसङ्गै अवकास प्राप्त गरेका थिए। उनी माओवादी पाटिमा हुँदा र आफू कमान्डर भएर जिम्मेवारी समालिरहदा माथिल्ला तहका कमान्डर अनि नेताले चरम रुपमा भ्रष्टाचार गरेको देखेपछी उनी त्यो भ्रष्टाचार रोक्नको लागि बिद्रोह गर्न थाले तर भ्रष्टाचारमा लिप्त भएकाहरुले उल्टै उनलाई मोहन वैद्य गुटको असन्तुष्टि पक्षको परिवर्तन नचाहने जडसुत्रवादी सिद्धान्त बोकेको व्यक्ती भनेर लाल्छेना लगाए। उक्त समयमा गलत कुराको आरोप लगाएपछी उनिमा माओवादी पाटिप्रती बितृष्णा जागेर आयो ।

त्यसपछि जनमुक्ति सेना सहितको बिद्रोह अभियानमा होमिएसङ्गै नेकपा एमालेको दुई तिहाइ सरकार हुँदा समृद्ध नेपाल सुखी नेपालको परिकल्पना एकदमै मन परेर नेकपा एमालेमा समाहित भएका दुर्गा २०७४ सालमा केपि ओलिले ल्याएका जनताको हितमा गरिएका काममा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले विभिन्न तवरले बाधा अड्चन गरेपछी आफुलाई उक्त राम्रो कामको सधै बिरोध गरिरहने तर भ्रष्टाचार गर्ने भ्रष्टाचारीलाइ सधै पोसिरहने हुँदा माओवादीमा भन्दा एमालेमा उनको आकर्षण बढेको हो।

आफ्नो मनमा सानै उमेरमा पैदा भएको बिद्रोह अनि सकारात्मक परिवर्तनका लागि राजनीतिक आन्दोलन गरेर ” समृद्द गाउँ र बिकसित शहर बनाउने सपना अहिले एमालेमा आएर पूरा हुन लागेको छ। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटिको उपसचिव समेत रहेका चौधरी गत मंसिर ४ गते सम्पन्न प्रदेश सभाको निर्वाचनमा बाँके जिल्ला क्षेत्र नम्बर १ ख बाट विजयी समेत भए । आफनो त्यति ठूलो योजना नभएको बताउने चौधरी समृद्द गाउँ र बिकसित शहर बनाउने योजनामा तल्लिन रहने बताउछन । आफु सकिन्छु तर जनतालाई देखाएका सपनाबाट कहिल्यै भाग्ने छैन भन्ने चौधरी सादा जिवन उच्च विचारका धनि ,ईमान्दार राजनैतिक हस्तिका रुपमा चिनिदै आएका छन ।

Nabintech