५ जेष्ठ २०८१, शनिबार
यूएई जाने क्रिकेट टिमको बिदाइ

  • टाइम्स संवाददाता

  • १० फाल्गुन २०७९, बुधबार ११:३४

काठमाडौं : यू-१९ विश्वकपको एशिया छनोट खेल्न यूएई जाने क्रिकेट टिमको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपमा आयोजना गरिएको कार्यक्रममा राखेप र नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीले टोलीलाई बिदाई गरेका हुन् ।

यू-१९ नेपाली क्रिकेट टिमले यूएईमा २४ फेब्रुअरीदेखि २ मार्चसम्म हुने यु–१९ विश्वकपको एशिया छनोट खेल खेल्नेछ । जसमा नेपालले हङकङ, कुवेत, मलेसिया, सिंगापुर, युएईसँग खेल्नेछ । तीमध्येको विजेता एउटा टिमले सन् २०२४ मा श्रीलंकामा हुने  यू-१९ विश्वकप खेल्नेछ ।

यू-१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले हिजो मात्र देव खनाललाई कप्तान चयन गरेका थिए । यसअघिका कप्तान गुल्सन झा यूएईमा हुने आईसीसी क्रिकेट विश्वकप लिग टू को श्रृङ्खलाका लागि सिनियर टिममै रहने भएपछि देवलाई जिम्मेवारी दिइएको छ ।

Nabintech