२३ कार्तिक २०८१, शुक्रबार
बाजुरामा एक महिनामा पुनः भूकम्प

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछामलगायतका जिल्लामासमेत भूकम्पको धक्का महसुस


  • टाइम्स संवाददाता

  • १० फाल्गुन २०७९, बुधबार १५:१०

बाजुरा : जिल्लामा आज दिउँसो १ बजेर ४६ मिनेटमा भूकम्प गएको छ। गत माघ १० गते गएको भूकम्पको ठीक एक महिनापछि आज यहाँ पुनः भूकम्प गएको हो।

जिल्लाको हिमाली गाउँपालिकाको विच्छ्या केन्द्र विन्दु बनाएर ५ दशमलव २ रेक्टरको भूकम्प गएको भूकम्पमापन केन्द्र सुर्खेतले जनाएको छ। माघ १० गते मंगलबार दिउँसो ५ दशमलव ९ रेक्टरको भूकम्प गएको ठीक एक महिनामा भूकम्प गएको भूकम्पमापक केन्द्र सुर्खेतले जनाएको छ।

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछामलगायतका जिल्लामासमेत भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पको धक्कापछि स्थानीयवासी त्रसित बनेका छन्।

भूकम्पबाट प्रभावित भएका बाजुराका पीडितहरुको उचित व्यवस्थापन हुन नपाउँदै फेरि भूकम्प गएपछि यहाँका स्थानीय थप प्रभावित भएका छन्। भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन।

Nabintech