५ जेष्ठ २०८१, शनिबार
१५ जिल्लामा आजदेखि हात्तीपाइलेविरुद्ध औषधी खुवाउने अभियान

दुई वर्ष नपुगेका बालबालिका,गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीले हात्तीपाइलेविरुद्धको औषधी  नखुवाउन मन्त्रालयको आग्रह


  • टाइम्स संवाददाता

  • ११ फाल्गुन २०७९, बिहीबार ०८:०५

काठमाडौं : सरकारले १५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधी खुवाउने अभियान सञ्चालन गर्दैछ। हात्तीपाइले नियन्त्रण हुन नसकेका  झापा, मोरङ, महोत्तरी, धनुषा, बारा, सर्लाही, रौतहट, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा बिहीबारदेखि यो अभियान सुरु गर्न लागिएको हो।

‘आम औषधी सेवा’ नाम दिएको यो अभियान १५ गतेसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी जिल्लामा अपेक्षित रूपमा रोग घट्न नसकेपछि आम औषधि सेवन कार्यक्रम राखेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

१५ जिल्लाका ८४ लाख ९८ हजार ५०० जनालाई औषधी खुवाउने सरकारको लक्ष्य छ।  महाशाखाका आम औषधि सेवन कार्यक्रमका लागि ९ हजार ५०० स्वास्थ्यकर्मी र १३ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिँदैछ।

वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी, धार्मिकस्थललगायतमा बुथ राखि औषधी खुवाइनेछ। दुई वर्ष नपुगेका बालबालिका,गर्भवती र सात दिनसम्मका सुत्केरी तथा सिकिस्त बिरामीले हात्तीपाइलेविरुद्धको औषधी  नखुवाउन मन्त्रालयले आग्रह गरेको छ।

Nabintech