५ जेष्ठ २०८१, शनिबार
छड्के २ को ट्रेलर सार्वजनिक

ट्रेलर हेर्दा अनमोल  र रेशा बिच प्रेमभाव पनि देखीएको छ


  • टाइम्स संवाददाता

  • ११ फाल्गुन २०७९, बिहीबार ०८:३०

नेपालगञ्ज: आउदो फाल्गुन १९ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म छड्के २ को ट्रेलर सार्वजनिक भएको छ ।सार्वजनिक ट्रेलरको सुरुमै मनाङको प्राकृतिक सम्पदालाई देख्न सकिन्छ । केही ग्याङले मनाङका प्राकृतिक सम्पत्ति कब्जा गर्न आएको र उक्त ग्याङलाई अभिनेता अनमोल केसीले प्रतिकार गरेको देख्न सकिन्छ ।

ग्याङस्टार लुक्समा प्रस्तुत भएका अनमोलको शरीरमा ट्याटु खोपेर हातमा खुँडा लिएर प्रस्तुत भएका छन । ट्रेलरमा उनी ग्रीन ग्याङको लिडर बनेर मेनडग भूमिकामा प्रस्तुत भएका छन ।

निर्देशक समेत रहेका निगम श्रेष्ठ भने रोयल मनाङ ग्याङका लिडर खजुरेको भुमीका देखिएका छन उता कमल मणी नेपाल राजनीतको आडमा गुण्डागर्दी गर्ने नटराजको भूमिकामा प्रस्तुत भएका छन । अनमोललाई अभिनेत्री रेशा आले मगरले साथ दिएकी छिन । उनी पनि अनमोलको ग्रीन ग्याङमा रहेको ट्रेलरमा देख्न सकिन्छ । ट्रेलर हेर्दा अनमोल  र रेशा बिच प्रेमभाव पनि देखीएको छ ।

फिल्ममा अनमोल,कमलमणि,रेशा सँगै रोविन तामाङ, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानलगायत कलाकारको अभियन छ ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको फिल्ममा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरीरलोकेश बज्राचार्यको सम्पादनछ । निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता छन् ।कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

Nabintech