५ जेष्ठ २०८१, शनिबार
मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

ट्रक कर्णाली राजमार्ग सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको छ


  • टाइम्स संवाददाता

  • ११ फाल्गुन २०७९, बिहीबार १७:०३

वीरेन्द्रनगर : कालीकोट जिल्लाको तिलागुफा नगरपालिका-५, धनाडामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा परी घाईते भएका गाडी चालक दैलेख चामुण्डाविन्द्रासैनि नगरपालिका-७, पाल्तडाका २९ वर्षीय छविप्रसाद चौलागाईंको उपचारका क्रममा  मृत्यु भएको हो।

यस्तै दुर्घटनामा एक जना घाइते भएका छन्। घाइते हुनेमा सहचालक सोही स्थानका १८ वर्षीय दिनेश शाही छन्।  उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयस्वर रिमालले जानकारी दिए।

उनका अनुसार मुगुबाट खाली ग्यास सिलिण्ड लिएर सुर्खेत आउँदै गरेका कर्णाली प्रदेश ०२-००१ ख ०३५६ नम्बरको मिनी ट्रक कालिकोटको तिलागुफा नगरपालिका धनाडास्थित सुर्खेत जुम्ला राजमार्गमा दुर्घटना भएको हो। उक्त ट्रक कर्णाली राजमार्ग सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको छ।

Nabintech