५ जेष्ठ २०८१, शनिबार
कोहलपुरमा सञ्चालित महोत्सवको म्याद थप नहुने

यस अघिको स्विकृती पत्र बमोजिम महोत्सव १३ गते सम्म सञ्चालन हुनेछ


  • टाइम्स संवाददाता

  • १२ फाल्गुन २०७९, शुक्रबार १६:२१

कोहलपुर,बांके: कोहलपुरमा सञ्चालित लुम्बिनी प्रादेशिक महोत्सव २०७९ को समयाअबधि थप नहुने भएको छ । फाल्गुण १० गते उद्योग बाणिज्य संघ कोहलपुरले फाल्गुण १७ गते सम्म समय अबधि थप गराउन अनुमतिका लागि पत्राचार गरेकोमा महोत्सवको म्याद पुर्व अनुमतिको समयाअबधि भन्दा बढि थप नगर्ने आज कोहलपुरमा बसेको मेला महोत्सव  व्यबस्थापन समितिको बैठकले निर्णय गरेको हो । मेला महोत्सव ब्यबस्थापन समितिका अध्यक्ष एबं नगर प्रमुख पुर्ण प्रसाद आचार्यको अध्यक्षता बसेको समितिको बैठकले यो निर्णय गरेको जनाइएको छ ।

यद्यपि उद्योग बाणिज्य संघले लुम्बिनी प्रादेशिक महोत्सव सञ्चालनका लागि पेश गरेको प्रस्तावना पत्रमा स्थानिय सरकारको स्वीकृतीमा कम्तिमा ३ दिन सम्म समय अबधि थप गर्न सकिने जनाएको थियो ।

स्थानिय ब्यापारीहरु, सुचना अभियान्ता एबं कोहलपुर क्षेत्रका नागरिकहरुको लगातार सामाजिक सञ्जाल चोक चौबाटोमा महोत्सवले गर्दा स्थानिय ब्यापारीलाई भन्दा पनि बाहिरका ब्यापारी पोष्ने कार्य भएको, नगरपालिकाको कार्यबिधि बिपरीत मेला सञ्चालन भएको भन्दै बिरोध भईरहेको परीप्रेक्षमा महोत्सवको म्याद थप नगर्ने निर्णय आएको आकलन गरिएको छ ।

समितीको बैठकले लेकाली युवा क्लवले पेश गरेको प्रथम कोहलपुर लाईभ कन्सर्ट तथा होलि मिलन कार्यक्रमका लागि पेश गरेको प्रस्तावना पत्र अनुरुप प्रस्ताबित टिकट दर तथा झुला, पिङ र डुंगा सञ्चालन गर्ने ब्यबस्था कार्यबिधि बिपरीत भएको ठहर गर्दै कुनैपनि स्टल नराखि सिसिटिभि क्यामेरा सहित ब्यबस्थित सुरक्षा ब्यबस्था गरि सञ्चालन गर्न र प्रस्ताबित टिकटदर कायम गर्ने बारे उचित कारण सहितको निबेदन पेश गर्नेबारे जानकारी गराउने निर्णय गरेको छ ।

Nabintech