२३ बैशाख २०८१, आईतवार
कोहलपुर महोत्सव आठौ दिन चक्र बम लगाएतको बेजोड प्रस्तुति

शनिबार एलिना चौहानको बिषेस प्रस्तुति रहने


  • सरला सुबेदि

  • १२ फाल्गुन २०७९, शुक्रबार २२:४६

कोहलपुर,बांके: कोहलपुरमा संचालित लुम्बिनी प्रादेशिक महोत्सवमा चर्चित गायक तथा मोडल चक्र बम र गायिका रेस्मा पुनले बेजोड प्रस्तुती दिएका छन् । महोत्सवको आठौ दिन युवा पुस्तामा निकै लोकप्रिय गायक तथा मोडल बलम बेजोड प्रस्तुती दिएका हुन् ।

उनले महोत्सवमा करिब १ घण्टा आफ्ना चर्चित गीतहरु सुनाएका थिए । उनले गाएका हरेक गीतमा दर्शकहरुले नाचेर गाएए साथ दिएका थिए । । पछिल्लो समय उनका गीत विशेषगरेर युवापुस्तामा लोकप्रिय छन् ।उनले केही महिना अघि मात्रै रिलिज गरेको ‘कर्णाली,कर्णालीतिर’देखि पुराना गीत दाउ सड्काउने, जाडको झोल ओए काँजल, बम्बै गइजाने लगायतका गीत प्रस्तुत गरेका थिए । उनलाई विशेष गरेर युवायुवतीहरुले रहेक गीतमा नाचेर साथ दिएका हुन् ।
आठौँ दिनको अन्तिम प्रस्तुती दिएका उनले राती हुँदासमेत दर्शकले उनलाई ‘वान्स मोर,वान्स मोर’भन्दै गीत गाउन आग्रह गरेका थिए ।

फागुन १२ गते कोहलपुर महोत्सवमा चक्र बमसहित गायिका रिता के.सी.,रेश्मा पुन र गायक एम.टी.महरले विशेष प्रस्तुती दिएका थिए । रेस्मा पुन कोहलपुरकै गहना हुन् उनले म पहाडको मायाले गुराँस फुलेको , जुनि काट्छु भन्थेउ नि मसित, के ल्याइदिउ मायालाई कोसेली जस्ता लोकप्रिय गित गाएकी थिईन।

कार्यक्रमको उद्घोषण गायिका तथा सञ्चारकर्मी शोभा त्रिपाठी र कोश खड्काले गरेका थिए । महोत्सवको आठौ दिन ७ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन्  भने ६० लाख कारोबार भएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले जानकारी गराएका छ्न ।

यस्तै लुम्बिनी प्रादेशिक महोत्सवको नवौ दिन शनिबार भोलि युवा पुस्तामा निकै चर्चित गायिका एलिना चौहानको विशेष प्रस्तुती रहने आयोजक कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ । चौहान पछिल्लो समय देशभर निकै रुचाइएकी गायिका हुन् । उनका ‘धोकेवाज हौँ तिमी’ र ‘मिनरल वाटर’ लगायतका गीत निकै चर्चित छन् । यसैगरी स्वरुपराज आचार्य र सत्यराज आचार्य पनि कोहलपुर आउने भएका छन् ।

स्वरुपराज डाँडाघरे साइली गीतबाट निकै चर्चित छन् । यस्तै चर्चित नृत्यांगाना आरुसी मगरको पनि प्रस्तुती सहित स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने उद्योग वाणिज्य संघ कोहलपुरका वरिष्ठ उपाध्यक्ष तथा सास्कृतिक समितिका संयोजक प्रदीप भट्टराईले जानकारी गराएका छन् ।

Nabintech