२३ बैशाख २०८१, आईतवार
बाँकेमा बैङ्किङ कसूर मुद्दामा फरार एक पक्राऊ

  • टाइम्स संवाददाता

  • १३ फाल्गुन २०७९, शनिबार १२:३८

बाँके: बैङ्किङ कसूर मुद्दामा फरार एक जनालाई बाँके प्रहरीले पक्राऊ गरेको छ । पक्राऊ पर्नेमा, बाँके जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ४० को वासिर अली शेष कबडिया रहेका छन् ।

बाँके जिल्ला अदालतले उनी माथि बैङ्किङ कसूर मुद्दामा १ बर्ष ६ महिना कैद सजाय तोकेको थियो । त्यसपछि उनी हाल सम्म फरार रहेको थिए । पक्राऊ गरी बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ।

Nabintech