६ जेष्ठ २०८१, आईतवार
गोर्खा यूनाईटेड पब्लिक स्कुलको प्रि स्कुल एक्जिब्युसन (फोटो फिचर)

शैक्षिक प्रर्दशनिहरुले बाल बालिकाहरुको आफनो पढाई, सिकाईको अनुभव साटासाट हुनुका साथै शिक्षाको चौतर्फि विकासमा प्रोत्सान हुने


  • टाइम्स संवाददाता

  • १३ फाल्गुन २०७९, शनिबार १५:१५

कोहलपुर,बांके: बांकेको कोहलपुर २ मा रहेको गोर्खा यूनाईटेड पब्लिक स्कुलले प्रि स्कुल एक्जिब्युसन कार्यक्रमको आयोजना गरेको छ । दुई हप्ता अघि सिनियर विद्यार्थीहरुको उपस्थितीमा बिद्यालयको प्रांगणमा बृहत शैक्षिक प्रदर्शनीको आयोजना गरेको गोर्खा यूनाईटेडले आज शनिबार विद्यालयका जुनियर अर्थात नर्सरी, एलकेजी र यूकेजीमा अध्ययनरत विद्याथीहरुका शैक्षिक प्रदर्शनी कार्यक्रमको आयोजना गरेको हो ।


कार्यक्रममा अभिभावक भेला गर्नुका साथै विद्यार्थीहरुलाई घरमा सिकाईने बानि व्याबहारका बारेमा समेत प्रशिक्षण गरिएको बिद्यालयका अध्यक्ष केशर बहादुर आलेले जानकारी दिए।

शैक्षिक प्रदर्शनी कार्यक्रमको उदघाटन विद्यालय अभिभावक संघकी सदस्य डा. प्रज्ञा घिमिरेले गरेकी थिईन । कार्यक्रममा विद्यालयका ससाना बालबालिकाहरुले आफुले बनाएका बिभिन्न चित्रकलाहरुको प्रदर्शन समेत गरेका थिए ।

यस्ता शैक्षिक प्रर्दशनिहरुले बाल बालिकाहरुको आफनो पढाई, सिकाईको अनुभव साटासाट हुनुका साथै शिक्षाको चौतर्फि विकासमा प्रोत्सान गर्ने मात्र नभई बाल बालिकाहरुलाई हौसला समेत प्रदान हुने स्कुल प्रशासन प्रमुख कर्ण बहादुर बस्नेतले कोहलपुर टाईम्सलाई बताए । कलाले उनीहरुको कलिलो मष्तिकमा समेत पर्ने हुनाले यस्ता कार्यक्रमको आयोजना गर्दै आएको गोर्खा स्कुलले आजको प्रर्दशनिमा साना साना वालवालिकाहरुका बिभिन्न कलाहरु प्रर्दशनिमा राखेको छ ।

Nabintech