२२ बैशाख २०८१, शनिबार
ब्राउन सुगर सहित कोहलपुरबाट ३ जना पक्राउ

मकवानपुरमा डेढ टन गाँजा बरामद, ७६ वर्षीय वृद्धसहित ५ जना पक्राउ


  • टाइम्स संवाददाता

  • १३ फाल्गुन २०७९, शनिबार १७:०७

कोहलपुर,बांके: बांकेको कोहलपुरबाट ११६ ग्राम ब्राउन सुगर सहित तीन जनालाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । आज शनिबार दिउस कोहलपुर १२ चप्परगौडीबाट २ जना र कोहलपुर ११ बजार क्षेत्रबाट १ जना गरि ३ जना प्रहरी सहायक निरीक्षक कमल के.सि.को कमाण्डमा खटिएको प्रहरी टोलिले पक्राउ गर्न सफल भएको हो ।

चप्परगौंडिमा सडक नजिक फलफुल किन्न लागिरहेका बेला शंका लागि सोधपुछ गर्दा लागु औषध ब्राउन सुगर सहित बर्दिया बढैयातालका बर्ष २१ का बिशाल सिंह ठकुरी र कोहलपुर ११ का बर्ष १८ का जिर्नन ढकाल भे १३ प २७३ नम्बरको मोटरसाईकल सहित पक्राउ परेका हुन ।

भारतको बलेईगाउबाट लागु औषध ओसार पसारमा बर्दिया बढैयातालका बिक्रम सिह ठकुरी समेत सम्लग्न रहेको प्रारम्भिक अनुसन्धान पश्चात पत्ता लागेपछि लुकिछिपि बसिरहेका बिक्रम सिह ठकुरीलाई प्रहरीको टोलिले कोहलपुर ११ बाट पक्राउ गर्न सफल भएको हो ।

निजहरुको साथबाट ईलाका प्रहरी कार्यालयको प्रहरी टोलिले भिभो मोबाईल २ थान, रेडमी टच १ थान, अपाच्य मोटरसाईकल १ थान र बिशाल सिंह ठकुरीको साथबाट नगद ९ हजार तीन सय बरामद गरेको छ ।

प्रहरी नायब उपरिक्षक सुन्दर तीवारीद्धारा पे्रषित पे्रस बिज्ञप्ति अनुसार अभियुक्तहरुलाई कानुन बमोजिम कारबाहिका लागि आबश्यक थप अनुसन्धानको कार्य भईरहेको जनाईएको छ ।

मकवानपुरमा डेढ टन गाँजा बरामद, ७६ वर्षीय वृद्धसहित ५ जना पक्राउ

मकवानपुरमा डेढ टन गाँजासहित चरेश र हतियार बरामद भएको छ । कैलाश गाउँपालिका–६ दुम्सिखर्कका जितबहादुर मोक्तानको घरगोठ खानतलासी गर्दा गाँजा १ हजार ५ सय १५ किलो, चरेश १३ किलो, भरुवा बन्दुक र कटुवा पेस्तोल १–१ थानसहित ६ राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

७६ वर्षीय जितबहादुर मोक्तान सहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जितबहादुरसहित २८ वर्षीय विजय मोक्तान, ४० वर्षीय रत्न घले, २२ वर्षीय अशोक घले र २२ वर्षीय शेखर घले रहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भैरहेको पनि प्रहरीले जनाएको छ ।

 

Nabintech