५ जेष्ठ २०८१, शनिबार
रामजानकी स्कुलको ३८ औं स्थापना दिवस तथा अभिभावक भेला सम्पन्न

आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुलाई निशुल्क शिक्षा समेत विद्यालयले प्रदान गर्ने गरेको छ


  • टाइम्स संवाददाता

  • १५ फाल्गुन २०७९, सोमबार १९:५०

कोहलपुर, बांके: बांकेको कोहलपुरमा रहेको राम जानकी सेकेण्डरी स्कूलको ३८ औं स्थापना दिवस तथा अभिभावक भेला सम्पन्न भएको छ । कोहलपुर नगरपालिका वडा नं १० विद्युत रोडमा रहेको विद्यालय कोहलपुर क्षेत्रमा संस्थागत विद्यालयहरुमा सवैभन्दा जेष्ठ विद्यालय हो ।

स्थापना दिवसको अवसरमा प्रमुख अतिथि कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर क्षेत्रमा संस्थागत विद्यालयहरुको जेष्ठ सदस्यको रुपमा रहेको यस विद्यालयले कोहलपुरलाई अहिले शिक्षाको हवको रुपमा विकास गर्ने महत्व पूर्ण भुमिका निर्वाह गरेको वताए ।

मेयर आचार्यले आफ्नो जन्म हुनुभन्दा पहिला स्थापना भएको विद्यालयको स्थापना दिवसमा आफु प्रमुख अतिथिको रुपमा उभिन पाउदा खुशि ब्यक्त गर्दै देशमा राजनीतिक कठिनाई भएको समयमा शिक्षाको ज्योति फैलाउने उद्देश्यका साथ आज भन्दा ३८ वर्ष पहिला कोहलपुरमा शिक्षामा लगानि गर्नुहुने आदणिय व्यक्तित्व नारायण प्रसाद सिग्देललाई उच्च सम्मान का साथ धन्यवाद ब्यक्त गरे ।

विद्यालयले ३८ वर्षको समयमा विभिन्न किसिमका शैक्षिक जनशक्ती उत्पादन गरेर देश विदेशमा काम गरिरेको स्मरण आचार्यले कोहलपुरमा कतिपय सामुदायिक विद्यालय स्थापना हुन समेत कठिन रहेको समयमा संस्थागत विद्यालयको रुपमा स्थापना भएको विद्यालयले आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुलाई निशुल्क शिक्षा समेत  प्रदान गरेको लामो ईतिहास रहेको जिकिर गरे।
राम जानकी सेकेण्डरी स्कुलसंग आफ्नो परिवार विच फरक सम्वन्ध रहेको बताउदै नगर प्रमुख आचार्यले यस विद्यालयले आफ्ना दुई वहिनीहरुलाई आफ्नो घरमा गएर निशुल्क भर्ना गरेर वहिनीहरुको शिक्षामा ठुलो सहयोग गरेको आचार्यले स्मरण  गराएका थिए ।

कार्यक्रमा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल , नगर शिक्षा प्रमुख राम वहादुर हमाल , समाजिक विकास समिति संयोजक इश्वरी प्रसाद वि.क. कोहलपुर नगरपालिकालि वडा नं. १० का वडा अध्यक्ष गौरा कुमारी भट्टराई , विद्यालयका पूर्व प्रधान अध्यापक लेख वहादुर क्षेत्री , महेन्द्र बहुमुखी क्याम्पक नेपालगन्जका सह प्रध्यापक तेज वहादुर के.सी.,पूर्व अभिभावक तारा पाठक , कोहलपुर ओम शान्तीकी प्रमुख इन्द्रीरा दिदि , लगाएतले आ आफ्नो धारण राखेका थिए ।

कार्यक्रमा समाज सेवी ,बुद्धिजीवी एंवम राम जानकी पूर्व शिक्षक दुर्गा घिमिरे , बागेश्वरी क्याम्पस कोहलपुरका प्रमुख प्रशासकिय प्रमुख बेदराज लम्साल ,राष्ट्रिय परीक्षा बोर्ड शाखा अधिकृत भगवान दास यादव लगाएको उपस्थिती रहेको थियो । स्थापना दिवसको अवसरमा स्कुलमा अध्यनरत विद्यार्थीहरुले विभिन्न किसिमका नृत्य समेत प्रस्तुत गरेका थिए भने कार्यक्रमको अध्यक्षता विद्यालयका निर्देशक दिनेश सिग्देलले गरेका थिए ।

 

Nabintech