२४ बैशाख २०८१, सोमबार
कोहलपुरे ठिटाहरुको काठमाण्डौमा रैला

भर्खर प्ल टु सकेका युवाहरु अहिलेको बिदेश पलाएन हुने मनस्थितीमा काठमाण्डौमा आएल्स गर्दैछन तर लामिछाने ब्रदर नेपालमै नयां केही गर्ने अठोटमा कुदिरहेछन


  • प्रमोद रिजाल

  • १६ फाल्गुन २०७९, मंगलवार १४:१२

कोहलपुर,बांके:  बांकेको कोहलपुरका लामिछाने ब्रदरले काठमाण्डौमा चलाएको रैलाले यतीबेला बजार तताएको छ । ”फुलै फुल दिन्छयौ कि मायै माया दिन्छयौ कि”, ”काफल खान्या कुईया मरयो ला जुनकिरी सिसाकी गोलीले” जस्ता चर्चित गितहरुमा सिनेमा अटोग्राफि बनाएर बजारमा ल्याउने रैला प्रोडक्सनका लामिछाने ब्रदर सागर लामिछाने र सौरभ लामिछाने यति बेला चर्चामा रहेका छन ।

प्लस टु पढेर युरोप , अमेरीका ताक्ने युवायुवतीहरुमाझ बेग्लै पहिचान बनाएर स्वदेशमै केहि गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका सागर, सौरभ इलेक्ट्रोनिक ईन्जिनियर भएर पनि स्वदेशमै आफनो पौरखमा रमाईरहेका छन ।

एसएलसि दिएर कोहलपुरबाट काठमाण्डौ छिरेका सागरको सानैदेखि इलेक्ट्रोनिक काम सम्बन्धित रुचि औधि थियो । स्कुल पढदाको बखतमा समेत बिज्ञान प्रर्दशनिमा उत्कृष्ठ हुने सागरले इलेक्ट्रोनिक ईन्जिनियर सकेर बिदेश जाने प्रचुर संभावनालाई तिलाञ्जली दिएर स्वदेशमै केहि गर्ने सोच राखे र काठमाण्डौको शंखमुलमा खोले रैला प्रोडक्सन ।

शंखमुलको ओरालोमा खोलेको रैलाले राष्ट्रिय स्तरबाट प्रशारण हुने टिभिहरुबाट नेपाली सिमेन्टको प्रचार देखि कृषिबिकास बैंक र म्याजिक शुज लगाएत बिभिन्न बिज्ञापनको परिकल्पना, छायांकन संगै उत्पादन गर्ने मात्र नभई अहिलेको डिजिटल युगमा भिडियो मिक्सिङ, रेर्कडीङ र छायांकन गर्दै आएको छ ।
१२ जना नेपाली युवाहरुलाई रोजगार समेत दिएको रैला कोरनाकालमा समेत आफनो कामबाट पछि हटेन अहिलेको चरम आर्थिक अभावमा पनि निरन्तर बगिरहेको रैलाले सांगितीक फाटमा समेत चर्चा कमाएको छ ।

केहि समय सागर र सौरभले करिब डेढ बर्ष जति सरकारी टेलिभिजन टेलिभिजनको केन्द्रीय प्रसारणबाट आईडिया अस्त्र नामको आधीघन्टे साम्ताहिक कार्यक्रम चलाएर डिजिटल मिडीयाको अनुभव समेत बटुलेका थिए । Raeela production को पहिलो च्यानलमा बैरीको आँखा पर्यो र ह्याक भयो । रिकभरी भएन । झट्का महसुस भयो । तर रैला टिम हार मानेन हिम्मत हारेन ।

रैला टिमले नेपालकै सुरक्षा निकायका सुप्रिमोको पारिवरिक बिहेको छायाकनको अवसर समेत पाएका थिए । जुन भिडियोमा बिनोद चौधरी रुकमाङत कटवाल देखि करिब सबै उच्च पदस्थ ब्यक्तित्वहरु श्रब्यदृष्यमा कैद छन रहेको बताउछन म्यानेजिङ डाईरेक्टर सागर लामिछाने ।

गत बर्ष ”काफल खान्या कुईया मरयो ला जुनकिरी सिसाकी गोलीले” भन्ने बोलको गित छायांकन गरि बजारमा ल्याउदा युटुबमा ट्रेडिङ हुदै दास्रो स्थानमा सिमित भएपनि उक्त गितलाई एक करोड २ लाख जनाले हेरेर साथ दिएका थिए । फुलै फुल दिन्छ्यौ कि नम्बर एक ट्रेन्डिङ्गमा परेको थियो ।

भर्खर टिन एज सकेका युवाहरु अहिलेको बिदेश पलाएन छन । उनीहरुलाई पनि बिदेश जाने हुटहुटी नभएको भने हैन तर आफना बुवा शंकर लामिछाने र ठुलो बुवा परशुराम लामिछानेले स्वदेशमै बसेर पनि केहि गर्न सकिन्छ भन्ने उदाहरण दिएकै कारण यहि देशमा केहि गरेर मर्ने अठोटका साथ आफनो प्रोडक्सन चलाउनमै अभ्यस्तरत रहेका छन ।

त्यसो त सागर, सौरभका बुवा शंकर लामिछाने नेपालकै टप बिमा कम्पनीका टप ब्यक्तित्व हुन भने ठुलो बुवा ज्वाला इलेक्ट्रोन्सि कोहलपुरका मालिक उनीहरुकै प्रेरणालाई श्रेय दिने लामिछाने ब्रदरको रैलाले यतिबेला बजारमा लैजा हावा मलाई मायालुको देशमा भन्ने आधुनिक गति ल्याएर बजारमा आएको छ ।

स्वर, संगित र रचना सन्तोष सुनारको रहेको यस गितको सम्पुर्ण फिल्मि प्रोडक्सन सौरभ लामिछानेले गरेका हुन । परीकल्पना तथा निर्देशन समेत सौरभको रहेको यस गितलाई युटुवमा २४ घण्टामा १२ हजारले हेरीसकेका छन । द्धारा अभिनित यस गितको छायांकन मा सौरभ आफै गएर कैद गरेका हुन ।

शुरुवाती चरणमा शुभारम्भ गर्न कठिन भएको भएतापनि हिम्मत नहारेका सागर र सौरभ अहिले फिल्म प्रोडक्सन गर्न मिल्ने सानदार स्टुडियो र आफनै निजि गाडिमा कस्टमरको रुचि बमोजिमका छायांकन गर्न जाने गरेका छन । के बिहा के पार्टि रैलाको माग ह्वात्त बढेको प्रति खुशि ब्यक्त गर्दै रैलाका म्यानेजिङ डाईरेक्टर सागर भन्छन मेहनतले शिखर चुम्न मद्धत गर्दो रहेछ लाखौं कमाई यहि छ जस्तो अफर आए पनि युरोप अमेरकिा नो बाबा नो ।

हाल यी सब गतिबिधि आईडिया हब रिसर्च प्रालि अन्तर्गत सञ्चालनमा रहेको छ ।

हेर्नुहोस उनीहरुको नया भिडियो

Nabintech