५ जेष्ठ २०८१, शनिबार
बांके, बर्दियामा मनि ट्रान्सफर सेवा ठप्प हुने (भिडियो सहित)

मनि ट्रान्सफर सेवा प्रदायक संस्थाहरुले राज्यलाई बर्षेनि अरब बढि राजस्व तिर्दै आएका छन


  • टाइम्स संवाददाता

  • १९ फाल्गुन २०७९, शुक्रबार १७:००

कोहलपुर, बांके:बांके बर्दियामा रहेका मनि ट्रान्सफर सेवा प्रदायक संस्थाहरुले आफनो सेवा भोलि शनिबार देखि ठप्प पार्ने जनाएका छन । रु ३ लाखबाट आन्तरीक बिप्रेषण सेवा दिंदै आएका मनि ट्रान्सफर एजेन्टहरुले राष्ट्र बैंकले रु २५ हजारमा मात्र सिमित राखि हुन्डि कारोबारलाई प्रसय हुने गरि निती ल्याएको भन्दै आफनो सम्पुण कारोबार तथा सेवा बन्द गर्ने बांके बर्दिया मनि ट्रान्सफर संघर्ष समितीलेले जनाएको छ ।

आज शुक्रबार बांके, बर्दियाका मनि ट्रान्सफर सेवा दिने एजेण्टहरुले कोहलपुरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै उक्त कुरा बताएका हुन ।

मनि ट्रान्सफर सेवा प्रदायक संस्था संघर्ष समितीका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले नेपाल भित्र एक टाउबाट अर्को ठाउमा रकम पठाउन र पाउज सक्ने ब्यबस्थालाई राष्ट्र बैंकको नितीले अंकुश लगाएको चर्चा गर्दै बिना कारण सेवा अबरुद्ध पारेको प्रति आफुहरु चिन्तित रहेको बताए ।
बैधानिक रुपमा चलेका मनि ट्रान्सफर सेवा कम्पनीहरुले बैंकले समेत दिन नसकेको सेवा दिईरहेको औंल्याउदै बैंकको पहुच नभएका क्षेत्रहरुमा मनि ट्रान्सफर सेवाले राम्रो सेवा दिंदै आएको मात्र नभई अरबौं राजश्व समेत सरकारलाई बुझाउदै आएको छ ।

मनि ट्रान्सफर सेवा प्रदायक एजेन्टहरुले नेपाल भर ४० हजार भन्दा बढि मनि ट्रान्सफर सेवा केन्द्रहरु रहेको र ५० हजार बढिलाई रोजगार समेत दिएको अबस्थामा राष्ट्र बैंकको नितीले सेवा केन्द्रहरु नै बन्द गरेर ब्यबसायलाई नै तिलाञ्जली दिनुपर्ने अबस्था आएको बताए । कम्तिमा एक लाख सम्म पठाउन र पाउन मिल्ने गरि आन्तरीक बिप्रेषण सेवालाई सुचारु गर्न फाल्गुण १६ गते प्रधानमन्त्रि तथा नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र समेत बुझाई सकेको परिप्रेक्षमा समय सुहाउदो आफना मागहरुलाई सम्बोधन नगरेपछि आफुहरु बाध्य भएर संर्घषका कार्यक्रमहरु गर्न बाध्य भएको रेमिटान्स एजेन्टहरुको दावी रहेको छ ।

अहिले बांके बर्दियामा मात्र संघर्ष गरेको मनिट्रान्सफर शंघर्ष समितीले आफना मुद्धा सुनुवाई नभए देश ब्यापि रुपमा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने जनाएको छ । पत्रकार भेटघाट कार्यक्रममा बांके बर्दियाका गरि २ दर्जन ब्यबसायीहरुको उपस्थिती रहेको थियो ।

भिडियो

Nabintech