५ जेष्ठ २०८१, शनिबार
म.व.क्याम्पसको स्ववीयू सभापतिमा प्रकाश कुँवरको चर्चा

  • टाइम्स संवाददाता

  • २२ फाल्गुन २०७९, सोमबार ०४:५१

नेपालगन्ज:  सानै उमेरमा समाजसेवा प्रतिको लगावले प्रकाश कुँवर सबैका सामु परिचित भइसकेका छन् । नेपालगन्ज उपमहानगरपालिका १ धम्जोजी निवासी २७ वर्षीय यी तन्नेरीले विभिन्न सामाजिक संघसंस्थामा बसेर समाजसेवीको भूमिका निर्वाह गर्दै आएका छन् । युवा पुस्तामाझ उनी लोकप्रिय त छन नै पाका उमेर समुहका व्यक्तिहरुलाई दुःख पर्दा सारथीको भूमिका निर्वाह गर्दै आएका कारण प्रकाशलाई धेरैले चिन्दछन्, जान्दछन् र समाजसेवा र मानवीय सेवाप्रति उनको लगावको प्रशंसा समेत गर्ने गर्छन् ।

सामाजिक र मानवीय सेवाबाट पहिचान कमाएका प्रकाश अव विद्यार्थी राजनीतिमा होम्मिने मनस्थितिमा पुगेका छन् । र, उनी आसन्न स्ववीयू निर्वाचनमा महेन्द्र वहुमुखि क्याम्पसको चुनावी प्रतिस्पर्धामा बलियो दावेदारीकारुपमा आफुलाई उभ्याने भएका छन् । स्ववीयू निर्वाचनको सरगर्मीसँगै प्रकाशले काँग्रेस निकट नेविसंघबाट उम्मेदवारी दिने तयारी गरेका छन् ।

नेविसंघबाट प्रकाशलाई आधिकारीक उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा होम्मिने मनस्थितिमा युवाहरु सक्रिय भएका छन् । प्रकाशले आफु स्ववीयू सभापतिको स्वभाविक दावेदार भएको बताए । उनले स्ववीयूलाई विद्यार्थीको शैक्षिक मुद्दालाई केन्द्रीय गर्ने एजेन्डाका साथ आफु चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा रहेको सुनाए ।

Nabintech