१२ श्रावण २०८१, शनिबार
रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा १ को मृत्यु, ७ जना घाइते

दुर्घटनामा परी घाइते भएका सातैजनाको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ


  • टाइम्स संवाददाता

  • २५ फाल्गुन २०७९, बिहीबार १०:१८

रोल्पा:रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य सातजना घाइते भएका छन्।मृत्यु हुनेमा ट्र्याक्टरमा सवार मजदुर सल्यानको कुमाक गाउँपालिका–६ का ३२ वर्षीय टोपलाल विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिए।

उनको राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचारका क्रममा मृत्यु भएको हो। सडकमा काम गर्ने मजदुर सवार रा १ त १७२५ नम्बरको ट्र्याक्टर गएराति सडकबाट तल खसेको थियो। दुर्घटनामा परी घाइते भएका सातैजनाको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्र्याक्टर चालक दाङको घोराही उपमहानगरपालिका–३ का २९ वर्षीय नवीन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Nabintech