१२ श्रावण २०८१, शनिबार
कोहलपुरमा एटिएम सुरक्षा सम्बन्धि अभिमुखिकरण

तिवारीले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसंगको अभिमुखिकरण पछि तीन कुराको निचोडमा पुगेको बताए


  • टाइम्स संवाददाता

  • २६ फाल्गुन २०७९, शुक्रबार १६:३१

कोहलपुर,बाँके: ईलाका प्रहरी कार्यालय कोहलपुरको आयोजनामा कोहलपुर क्षेत्रमा उपलब्ध बैंक तथा वित्तीय संस्थाहरुका निम्ति एटिएम सुरक्षा तथा अन्य सुरक्षाका बिषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार कोहलपुर नगरपालिकाको सभाहलमा आयोजित शुरक्षा रणनिती सम्बन्धि अभिमुखिकारणलाई सम्बोधन गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएस्पि सुन्दर तीवारीले पोखरामा एटिएम सम्बिन्धित भिडियो प्रस्तुत गर्दै साना साना त्रुटिका कारण बैंक तथा वित्तीय संस्थामा चोरी हुने भन्दै सबैलाई सर्तक रहन आग्रह गरे ।

तिवारीले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसंगको अभिमुखिकरण पछि तीन कुराको निचोडमा पुगेको बताएका छन । उनले बैंक तथा वित्तीय संस्थाहरुले आ आफना एटिएम मेसिनहरुका भल्ट लक र अनलक गर्दा अपनाउनुपर्ने सुरक्षा साबधानि पुर्ण रुपमा पालना गर्न गराउन आफना कर्मचारीहरुलाई जानकारी गराउने र सो भए नभएको निरीक्षण गर्ने ब्यबस्था शाखा प्रबन्धकले मिलाउने गरि निर्णय भएको बताए ।

प्रत्यक एटिएम बुथमा सिसिटिभि सहितको सुरक्षा ब्यबस्था अनिबार्य गरि बैंक तथा वित्तीय संस्थाको बाहिर सम्म अबलोकन गर्ने गरि सिसिटिभि जडान गर्न बैंकहरुलाई अनुरोध समेत गरेका छन सो सिसिटिभिका कानुनी प्रक्रिया समेत ईलाका प्रहरी कार्यालय कोहलपुरले प्रबन्ध गर्नेछ तिवारीको भनाई रहेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थाले आगमण र प्रस्थान बिन्दुमा प्रसस्त प्रकाशको ब्यबस्था गरि साईरन सहितको सुरक्षा सर्तकता बढाउन समेत प्रबन्ध मिलाउने गरि निर्णय गरिएको बताउदै ईलाका प्रहरी कार्यालयका प्रमुख समेत रहेका तिवारीले कोहलपुर क्षेत्रलाई आफुले जतिसक्दो भरपर्दो र नागरिकमैत्रि सुरक्षा ब्यबस्था मिलाउन बिभिन्न डेटा समेत लिने र कोहलपुर क्षेत्रका ब्यापारी तथा अन्य सरकारी तथा गैर सरकारी निकायहरुलाई समेत आफनो पसल ब्यबसाय बाहिर समेत देखिने गरि सिसिटिभि क्यामेराको यथाशिघ्र ब्यबस्था मिलाउने पुलको काम समेत गरिरहेको बताए ।

Nabintech