१२ श्रावण २०८१, शनिबार
खेलाडीलाई पोशाक लगायतका सामग्री सहित बिदाई

स्थानीय स्तरमा उत्पादन हुने खेलाडी राष्ट्रको खेलाडी बन्न सक्ने


  • टाइम्स संवाददाता

  • २६ फाल्गुन २०७९, शुक्रबार १९:२२

बैजनाथ, बाँके  : जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सहभागी हुन जाने खेलाडीलाई पोशाक लगायतका सामग्री हस्तान्तरण गरिएको छ । गाउँपालिकाको खेलकुद विकास समिति संयोजक महाबीर थारुको अध्यक्षता तथा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खेलाडीलाई शुभकामना दिनुका साथै पोशाक लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शाहीले खेलाडीलाई हौसला दिदै खेलाडी भएपछि अनुशासित रुपले खेल्नुपर्ने र खेलाडीमा ईच्छाशक्ती हुनुपर्ने बताए । स्थानीय स्तरमा उत्पादन हुने खेलाडी राष्ट्रको खेलाडी बन्न सक्ने अध्यक्ष शाहीले जोड दिए । खेलाडीलाई प्रोत्साहन गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको उनको भनाई छ ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वराज ढकाल, बैजनाथ गाउँपालिका वडा नम्बर–२ का वडाअध्यक्ष राजु रुचाल, वडा नम्बर–३ का वडाअध्यक्ष निखिल बैगार, खेल प्रशिक्षक जनार्दन केसी, बैजनाथ खेलकुद विकास समितिका सदस्य नवराज रावल, मिना मल्ल, भिमबहादुर दमाई, सुमित्रा विश्वकर्मा लगायत अतिथीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा गाउँपालिका स्तरबाट छनोटमा परेका खेलाडीको समेत उपस्थिती रहेको थियो ।

यसै बिच कोहलपुर नगरपालिकाले पनि २०७९ फागुन २६ गते देखी शुरु हुने बाँके जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकामा सहभागिता खेलाडीहरुलाई बिदाइ गरेको छ । नगर खेलखुद विकास समितीको कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै खेलाडीहरुलाई नगर प्रमुख पुर्ण प्रसाद आचार्य, नगर खेलकुद विकास समितीका अध्यक्ष बुद्धि थापा, बिभिन्न बिद्यालयका खेल शिक्षकहरुले बिदाई गरेका हुन ।

Nabintech