१२ श्रावण २०८१, शनिबार
न्याय नपाएको भन्दै स्थानीयले गराए राप्ती राजमार्ग बन्द

बसका चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गर्दै आन्दोलित


  • टाइम्स संवाददाता

  • २७ फाल्गुन २०७९, शनिबार ११:२३

सल्यान : गत बिहीबार दुर्घटनामा स्थानीयको मृत्यु भएको घटनामा प्रहरीले मुचुल्का परिवर्तन गरेको भन्दै पीडितले राप्ती राजमार्ग बन्द गराएका छन्।

न्याय माग गर्दा प्रशासन र यातायात समितिले चासो नदेखाएको भन्दै मृतकका आफन्तलगायत स्थानीयवासीले शनिवार बिहान ९ बजेदेखि राजमार्ग बन्द गराएका हुन्।

गत बिहीबार सल्यान श्रीनगरबाट त्रिवेणी गाउँपलिकाको काभ्रा जाँदै गरेको लु २ ख १२२२ नम्बरको बसले विपरीत दिशाबाट गइरहेको रा ५प ३०४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते चालक छत्रेश्वरी गाउँपालिका ३ पालेखोलाका १९ वर्षीय अजय  वलीको उपचारका लागि सल्यान जिल्ला अस्पताल ल्याउँदा मृतयु भएको थियो।

बसका चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गर्दै उनीहरू आन्दोलित भएका हुन्। जिल्ला प्रहरी कार्यालय सल्यानले कुनै पनि घटना हुन नदिन प्रहरी  पठाएको जनाएको छ।

Nabintech