११ कार्तिक २०८१, आईतवार
जुम्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको ज्यान गयो

श्रीमतीलाई कुटपिट गर्ने आइते  पक्राउ


  • टाइम्स संवाददाता

  • २८ फाल्गुन २०७९, आईतवार ०९:४८

जुम्ला : जुम्लाको तिला गाउँपालिका नुवाकोट गाउँमा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ । तिला–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले २३ वर्षीया श्रीमती ममता नेपालीलाई कुटपिट गरेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढामगरका अनुसार कुटपिटबाट घाइते भएकी ममताको समयमै उपचार नहुँदा ज्यान गएको हो । श्रीमतीलाई कुटपिट गर्ने आइतेलाई प्रहरीले  पक्राउ गरेको छ ।

Nabintech