१२ श्रावण २०८१, शनिबार
बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजविरुद्ध प्रदर्शन

  • टाइम्स संवाददाता

  • २८ फाल्गुन २०७९, आईतवार १३:४०

काठमाडौं : उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरबिरुद्ध आन्दोलन गरेका छन्। आइतबार माईतीघर मण्डलामा भेला भएर विभिन्न व्यवासायी तथा उद्यागीहरुले आन्दोलन गरेका हुन्। आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा सरकार र राष्ट्र बैंकले बेवास्ता गरेकाले अहिले पुनः आन्दोलन गर्नुपरेको बताए।

उनले बैंक तथा वित्तीय संस्थाको उच्च दर आतंकाकाबिरुद्ध आफूहरुले आन्दोलन गरेको बताए। उनले सरकारले व्यवसायीहरुका माग सम्बोधन नगरे झनै विकराल अवस्था आउने र राष्ट्र बैंक र संसद भवन घेराउ गर्ने चेतावनी दिए।

उनले भने, ‘माघ १६ गते उद्योगी, व्यवसायी मिलेर वृहत आन्दोलन गरेको थियौँ। हामीले धेरै संघहरु बोलाएर आन्दोलन गरेका थियौँ। तर सरकारले बोलाएर छलफल गरेन। त्यसैले पुनः आन्दोलन गरेका थियौँ। तरपनि सरकारले ध्यान नदिएपछि बैंक वित्तीय संस्थाको दादागिरीबिरुद्ध हामीले आन्दोलन गरेका हौँ। बैंक तथा वित्तीय संस्थाको उच्च दर आतंकाकाबिरुद्ध हामीले आन्दोलन गरेका हौँ। देशभरबाट एकजुट भएर उद्योगी व्यापारीहरुको आन्दोलन हो। हामीले केही दिनपछि नै वृहत आन्दोलन घोषणा गर्नेछौँ। उद्योगी व्यवसायीमाथि बैंकहरुले दादागिरी देखाइरहेका छन्। यो मुलुकको लागि राम्रो पक्ष होइन, सरकारको ध्यान जाओस्। राष्ट्र बैंकको ध्यान जाओस्, यो विकराल हुँदैछ। राष्ट्र बैंक र संसद भवन घेराउ कार्यक्रम हुनसक्छ।’

उनीहरुले मौद्रिक नीति परिमार्जन गर, ब्याज दरमा स्थिरता कायम गर, चालु पुँजी निर्देशिका स्थगित गर, ब्याजदर हामीलाई चर्को भयो, उच्च सेवा शुल्क बन्द गर लगायतका प्ले कार्ड बोकेर आन्दोलन गरेका थिए।

Nabintech