१२ श्रावण २०८१, शनिबार
पपुवा न्यूगिनीमाथि नेपालको शानदार जीत

  • टाइम्स संवाददाता

  • ३० फाल्गुन २०७९, मंगलवार १३:५८

नेपालगञ्ज : नेपालले आईसीसी विश्वकप लिग २ को त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलाको दोस्रो अन्तिम खेलमा पपुवा न्यूगिनीलाई ९ विकेटले पराजित गरेको छ । आज भएको खेलम नेपालले पपुवा न्युगिनी पीएनजीलाई ९ विकेटले हराएको हो । ९६ रनको झिनो चुनौती नेपालले ७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।

आसिफ शेखले २१ बलमा अविजित रहँदै ५३ रन बनाए । उनले कम बलमा अर्धशतक पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् । कुशल भुर्तेलले १४ बलमा ३३ रन बनाए भने कुशल मल्लले १३ बलमा अविजित रहँदै १२ रनको योगदा दिए ।

यसअघि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा पीएनजीले टस हारेर पहिले ब्याटिङ गर्दै ३२ ओभरमा अलआउट हुँदै ९५ रन बनायो । कप्तान असाद भालाले सर्वाधिक २० रन जोडे । नेपालका लागि सन्दीप लामिछानेले ५, ललितनारायण राजवंशी र कुशल मल्लले २–२ तथा सोमपाल कामीले १ विकेट लिए ।

यो जित हासिल गरेसँगै नेपाल विश्वकप छनोट सिधै खेल्ने बाटोमा अब एक जित मात्र पछाडि छ । नेपालले बिहीबार यूएई विरुद्धको अन्तिम खेल जिते पुग्नेछ । नेपालले पछिल्ला ११ मध्ये १० खेल जितेर सनसनी मच्याइरहेको छ ।

Nabintech