१२ श्रावण २०८१, शनिबार
सिकारीको भरुवा बन्दुक पड्किदा सल्यानमा एक किशोरको मृत्यु

सिकारी आइते प्रहरी फन्दामा


  • टाइम्स संवाददाता

  • १ चैत्र २०७९, बुधबार ०९:३१

सल्यान: सिकारीको भरुवा बन्दुक पड्किदा सल्यानमा एक किशोरको मृत्यु भएको छ । बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको गोली लागेर मृत्यु हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुकको गोली लागेर घाइते भएका चित्र बहादुर घाइते हुन पुगेका थिए ।
जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार घाइते चित्रबहादुरको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । गोली प्रहार गर्ने आइतेलाई प्रहरी पक्राउ गरेको छ ।
Nabintech