५ जेष्ठ २०८१, शनिबार
कोहलपुरको शान्ति सुरक्षाका लागि महत्वाकांक्षि योजना सहित प्रहरी फिल्डमा खट्ने

यस आर्थिक बर्षमा ४५२ वटा सामान्य दुर्घटना, १३७ वटा मध्यम तथा गम्भिर दुर्घटना भएकोमा २१ जनाको मृत्यु


  • प्रमोद रिजाल

  • २ चैत्र २०७९, बिहीबार १२:१४

कोहलपुर,बाँके:समग्र कोहलपुर क्षेत्रको जिम्मा पाएको ईलाका प्रहरी कार्यालय कोहलपुरले आफनो बार्षिक कार्ययोजना सहित कार्यक्षेत्रमा खटिने जनाएको छ । निकै महत्वाकांक्षि योजनाका रुपमा हेरीएका योजनाहरु सहित प्रहरीले आफनो काम कार्यान्वयनमा ल्याउने जनाएको छ । बिहिवार आज ईलाका प्रहरी कार्यालयकोहलपुरमा कोहलपुरको जिम्मेवारी क्षेत्रको शान्ति सुरक्षाका लागि सञ्चारकर्मिहरुसंगको खुल्ला अन्तरक्रिया कार्यक्रममा यस्तो योजना सार्वजनिक गरिएको हो ।

बिभिन्न अपराधको ट्रान्जिट प्वाईन्टको रुपमा रहेको कोहलपुर क्षेत्र शान्ति सुरक्षाको लागि निकै चुनौतीपुर्ण क्षेत्र रहेको भन्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले कोहलपुरमा हुने घटनाको शिघ्र निर्णय समेत आफुले गर्नुपर्ने जिम्मेवारी आफनो काँधमा रहेको बताए ।

जनसंख्या, जनता, र प्रहरी बिचको रेसियो, जनसंख्या र क्राईमबिचको रेसियो, प्रहरी बोलि ब्यवहार, लागु औषध दुब्र्यसनि र ओसार पसार, साईबर तथा चोरी निकासि, सवारी दुर्घटना र आत्महत्या र दुब्यवहार जस्ता कुराहरुलाई ब्यबस्थापन गर्न चुनौती भएपनि यसलाई आफुले अवसरको रुपमा लिने भन्दै कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रमुख समेत रहेका तिवारीले यस आर्थिक बर्षमा बिभिन्न अपराध तथा सुरक्षा सम्बिन्धित तथ्यांक समेत सार्वजनिक गरे ।

यस आर्थिक बर्षमा ४५२ वटा सामान्य दुर्घटना, १३७ वटा मध्यम तथा गम्भिर दुर्घटना भएकोमा २१ जनाको मृत्यु भएको भन्दै सामान्य नियमको परिपालन हुने हो भने पनि ९८ प्रतिशत दुर्घटना कम हुने भन्दै नायब उपरीक्षक तिवारीले ४०, ५० जनाको ज्यानको जिम्मा बोकेर यात्रा गर्ने चालकहरुलाई होलिका दिन मात्र मापसे गरि सवारी चलाएको पाईएकाले अभद्र मुद्धा चलाई कारबाहिको प्रक्रिया अगाडि बढाईएको बताए ।

एक सिसिटिभि सुरक्षित समाजका लागि भन्ने नारासहित कोहलपुर नगरमा स्थानिय तह, सामाजिक संघ संस्था तथा बिद्यालयहरुसंगको समन्वयमा सिसिटिभि जडान गरि अपराध अनुसन्धानमा सरलिकरण गरिने भन्दै तिवारीले यस आर्थिक बर्षमा ५२ वटा लागु औषधका घटना सम्म प्रहरी पुग्न सफल भएको बताए । उनले ४७ वटा ब्राउन सुगरका घटनामा २४४.८७ ग्राम लागु औषध बरामद समेत गरेको चचौ गरे ।

लागु औषधका दुब्र्यसनिबाट समाजमा बिभिन्न अपराधिक क्रियाकलाप हुने गरेको भन्दै तिवारीले त्यस्ता दुब्र्यसनिहरुलाई उनीहरुको नशाको स्टेप हेरी कारबाहि र मुद्धा भन्दा पनि मनोसामाजिक परामर्श, पुर्नस्थापना एबं उपचारका बिधिहरु अपनाई समाजसंग पुन घुलमिल हुने बाथावरणको सिर्जना गरिनुपर्ने धारणा राखे ।
प्रहरीकोमा न्यायका लागि आउने सेवाग्राहिहरुलाई हेल्प डेस्क मार्फत निबेदन तथा उजुरी समेत निशुल्क लेखिदिने कार्यको शुरुवात गरेका कोहलपुर प्रहरी प्रमुख तिवारीले हाल सम्म २०३ जनाको निशुल्क निबेदन तथा उजुरी लेख्ने कार्य भएको बताए । यस अघि बाहिरबाट लेखेर ल्याउनुपर्ने प्रचलन भएकोमा हेल्प डेस्कले पिडित पक्षलाई राहत हुने गरि निरन्तरता दिने आफनो योजना समेत रहेको सुनाए ।

सानातिना चोरी भन्दा पनि भन्सार छलि, अबैध खोला उत्खनन राष्ट्रकालागि घातक भएको जिकिर गर्दै नायब उपरीक्षक तिवारीले संभावित सडक दुर्घटना न्युनिकरणका निम्ति जनचेतना जगाउन स्थानिय सरकार संग समन्वय गरि कार्य गर्ने बताए ।

वाल विवाह, घरेलु हिंसा, लागु औषध रोकथाम तथा नियन्त्रण घरेलु मदिरा नियन्त्रण एबं नश्ट , चोरी निकासि तथा पैठारी, अबैध उत्खनन नियन्त्रण, चोरी लुटपाट, यौन जन्य क्रियाकलाप जस्ता सुरक्षा सम्बन्धित मुद्धामा आक्रामक योजना पेश गरेका तिवारीले कार्यालयमा कर्मचारीहरुबाट हुने कार्य सम्पादन समेत मुल्यांकन गर्ने जनाएका छन ।

सञ्चारकर्मिसंगको अन्तरक्रियामा कपिल अन्जान, कमल न्यौपाने, शोभाखर बिश्वकर्मा लगाएत सञ्चारकिर्मले कार्ययोजना प्रति उच्च सम्मान ब्यक्त गर्दै कार्यान्वयनको प्रतिक्षामा सञ्चारकर्मि रहने बताएका छन ।

भिडियो

Nabintech