१२ श्रावण २०८१, शनिबार
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ७ हजार

  • टाइम्स संवाददाता

  • ३ चैत्र २०७९, शुक्रबार १०:५२

काठमाडौं : सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।  शुक्रबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढ्दै १ लाख ७ हजार एक सय रुपैयाँ पुगेको हो।  यसअघि गत फागुन १२ नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो। सोही रेकर्डलाई तोड्दै शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा चार सय रुपैयाँले नै बढ्दै १ लाख ६ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले मात्र बढेर १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Nabintech