१२ श्रावण २०८१, शनिबार
नेपालगञ्जबाट एक लाख पचास हजार मुल्य बराबरका बोईलर प्रहरी नियन्त्रणमा

२१९ वटा अबैध कूखुरा बाँकेको सितलनगरबाट बरामद


  • टाइम्स संवाददाता

  • ३ चैत्र २०७९, शुक्रबार ११:२७

नेपालगञ्ज: बाँके प्रहरीले ठुलो परिणाममा अबैध ब्रोईलर कुखुरा बरामद गरेको छ । बाँकेको नेपागञ्ज उपमहानगरपालिका वडा नं. १० सितलनगरबाट जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।

प्रहरीका अनुसार, भारतबाट अबैध रुपमा भन्सार छलीगरी ल्याउदै गरेका अबैध कूखुरा २१९ वटा अन्दाजि एक लाख पचास हजार मुल्य बराबरका बोईलर नियन्त्रणमा लिई बरामद गरीएको बाँके प्रहरीले जनाएको छ । बरामद गरिएका बोईलर कुखुरा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ।

Nabintech