१६ चैत्र २०८०, शुक्रबार
नमुना बिद्या सदनले गर्यो कक्षा १० का बिद्यार्थीहरुको बिदाई

  • टाइम्स संवाददाता

  • ३ चैत्र २०७९, शुक्रबार १७:५६

कोहलपुर: बाँकेको कोहलपुर ८ मा रहेको नमुना बिधा सदन कक्षा ९ मा अध्यनरत बिद्यार्थीहरुले आफु भन्दा सिनियर ब्याजका कक्षा १० का अग्रजहरुलाई बिदाई गरेका छन । आसन्न एसइसिको सफलताको कामना संगै उज्जवल भबिष्यको कामना गर्दै मायाको चिनो सहित बिदाई गरेका हुन । आगामी चैत्र १७ देखि हुने एसिइ परिक्षामा सहभागि हुने बिद्यार्थीहरुलाई सो अबसरमा बिद्यालयले समेत  शुभकाना दिंदै बिद्यालयमा अध्यनरत रहदा देखाएको अनुशासन,लगनशिलता र ईमान्दारितालाई समेत प्रशंसा ब्यक्त गरेको छ ।

कक्षा ९ मा अध्यनरत छात्र सन्दिप रावतको अध्यक्षताम भएको बिदाई कार्यक्रममा बिधालयका कार्यकारी निर्देशक शिव प्रसाद डागीले छात्र छ्त्राहरुलाइ उत्कृष्ट नतिजाका लागि बिद्यालयको हर हमेसा साथ रहने बताए । सफल जिबनका लागि मेहनत अपरिहार्य रहेको बताउदै निर्देशक डागिले राम्रो विद्यार्थी बन्न अनुशासन र शिक्षा नै पहिलो शुत्र भएको चर्चा गरे । आफु भन्दा माथिको अग्रजहरुलाई बिदाई गर्नु एउटा परम्परा मात्र नहुने भन्दै एक आपसमा सौहार्दता तथा आत्मियता बढने समेत डाँगिले जिकिर गरे ।

बिदाई कार्यक्रममा बिद्यार्थीहरुले बिदाई झल्किने बिभिन्न कला प्रस्तुत गरेका थिए । बिदा भएर जाने बालबालिकाले मायाको चिनो ग्रहण गर्दै बिद्यालयले आफुहरुलाई सत्मार्गमा हिडन प्ररीत गरेको कुरालाई सधै आत्मसाथ गर्ने बताउदै बिद्यालयको नाम राख्न उच्च मेहनतका साथ अध्यनमा लाग्ने बताएका छन ।

Nabintech