१३ बैशाख २०८१, बिहीबार
प्रतिनिधि सभा सदस्यको जस्तो झल्को दिंदै शाझा सहकारीको निर्वाचन

अध्यक्षमा यस अघि नै नेकपा एमालेका पारसनाथ थारु निर्बिरोध निर्बाचित


  • टाइम्स संवाददाता

  • ४ चैत्र २०७९, शनिबार ११:३०

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको सहकारी संस्था लि. शाझाको बिभिन्न ९ पदका लागि आज शनिबार बिहान ७ बजेदेखि निर्वाचन भईरहेको छ । दलहरुले समेत आफनो प्रतिष्ठाको रुपमा लिएपछि शाझाको चुनाव प्रतिनिधि सभा सदस्यको जस्तो झल्को दिने खालको देखिएको हो ।

नेकपा एमाले, नेकपा माओबादि र राप्रपा बिच तालमेल छ भने नेकपा एकिकृत समाजवादि र नेपाली कांगे्रसले पनि तालमेल गरि आफना उम्मेदवार चुनावि मैदानमा उतारेका छन भने नागरिक उन्मुक्तिले एकल रुपमा चुनावी मैदानमा उत्रिएको छ ।

कुल ९ हजार एक सय त्रिचालिस मतदाता रहेको शाझा सहकारीको चुनावमा यस अघि अध्यक्ष पदमा नेकपा एमालेका पारसनाथ थारु निर्बिरोध चयन भईसकेका छन ।
बिभिन्न नौ पद मध्य जिल्ला प्रतिनिधीमा ६ जना, सञ्चालक समिति सदस्य पदमा १३ जना, लेखा समिती संयोजकमा ३ जना एबं लेखा समिती सदस्यहरुमा ६ जना गरि जम्मा २८ जना चुनावि मैदानमा रहेका छन ।


कडा सुरक्षा सहित बगिया स्कुलमा भईरहेको मतदान कार्यक्रममा कोहलपुर नगरपालिकाका १५ वटै वडा र बैजनाथ गाउपालिकाका वडा नं. १,२ र ३ वडाका मतदाता रहेका छन । २०३५ सालमा स्थापना भई कोहलपुरको सबै भन्दा पुरानो सहकारी संस्थाको रुपले चिनिएको शाझाले कृषि क्षेत्रमा बिशेष गरि लगानि गर्ने गरेको छ चुक्ता पुजि र बजेट समेत अधिक भएकाले दलगत स्वार्थमा सहकारी पर्ने गरेको जानकारहरु बताउदै आएका छन  ।

Nabintech