७ बैशाख २०८१, शुक्रबार
बाँके कोहलपुरमा पनि बढ्यो दुग्धजन्य पदार्थको मुल्य (सुचि सहित)

हरेक सेतो पदार्थ दुध हैन कोहलपुर डेरी एसोसियसन


  • टाइम्स संवाददाता

  • ४ चैत्र २०७९, शनिबार १९:५६

कोहलपुर, बाँके: नेपाल सरकारले फाल्गुण १९ गते दुधको मुल्य बढाएपछि कोहलपुर डेरी एसोसियसन बाँकेले पनि भोलि चैत्र ५ गतेदेखि लागु हुनेगरि दुग्धजन्य पदार्थको मुल्य बृद्धि गरेको छ ।

जस्मा होल दुधको मुल्य १०० कायम गरिएको छ भने स्टेन्डर दुधको मुल्य रु ९६ कायम गरिएको छ । त्यसैगरि सादा दहिको रु १४०, मिठा दहिको १६०, दहि बट्टा रु १८०, दहि प्रतिकप २५० एमएल रु५०, पनिर प्रति किलो ८५०, घिउ प्रतिकिलो रु १४००, क्रिम प्रतिकिलो रु ८००, खुवा प्रतिकिलो रु ९००, छुर्पि प्रतिकिलो रु १२०० नौनी प्रतिकिलो रु ११५०, बदाम मिल्क प्रति २५० एमएल ८० र महि प्रति लिटर रु ७० कायम गरिएको कोहलपुर डेरी एसोसियसनको आज बसेको बैठकले मुल्य तय गरेको हो ।

डेरी उद्योगी, भैंसि फम किसान तथा दुग्धजन्य ब्यबसायीहरुको आज शनिबार कोहलपुरमा बसेको बैठकले अब गुणस्तरीय दूध मात्र बजारिकरण गरि राज्यको मापदण्ड अनुसार कोहलपुरका उपभोक्ता माझ दुग्ध जन्य पदार्थ लैजान पहल गर्ने कोहलपुर डेरी एशोशियसन बाँकेले जनाएको छ । उधोगि फमहरुले संग स्थानीय सरकार समन्वयमा काम गर्ने भन्दै दूध भन्दैमा सेतो तरल पदार्थ हैन अब गुणस्तर सेतो तरल पदार्थ बिक्रीवितरण जनाएको छ ।

Nabintech