८ बैशाख २०८१, शनिबार
वेस्टर्न स्कुलले गरयो एसईसि दिने बिद्यार्थीको बिदाई

  • टाइम्स संवाददाता

  • ४ चैत्र २०७९, शनिबार २१:२७

कोहलपुर: बाँकेको कोहलपुरमा रहेको वेस्टर्न इंलिस सेकेन्डरी स्कुलले आज शनिवार एक कार्यक्रमको आयोजना गर्दै आसन्न एसईसि दिन तयार बिद्यार्थीहरुलाई बिदाई गरेको छ । बिद्यालयका कक्षा नौ मा अध्यनरत छात्र छात्राहरुले कक्षा १० को  एसईसिको तयारीमा जुटेका अग्रज साथीहरुलाई मायाको चिनो सहित बिदाई गरेका छन ।

कक्षा नौ मा अधयनरत छात्राहरु सृष्टि कंडेल र रितु भण्डारीले सञ्चालन गरेको बिदाई कार्यक्रममा अध्यक्षता विपना पुनले गरेकि थिईन भने अतिथ्यता बिद्यालयका संस्थापक कुबेर बस्नेतले गरेका थिए ।

बिदाईका अबसरमा बिद्यालयले बिदाई भएर जाने बिद्यार्थीहरुलाई मायाको चिनो प्रमाण पत्र सहित बिद्यार्थीहरुको उत्तर उत्तर प्रगतिको शुभकामना ब्यक्त गरेको छ भने कक्षा नौ मा अध्यनरत छात्रछात्राहरुले बिभिन्न सांस्कृतिक बिधाहरु प्रस्तुत गर्दै बिद्यालयलाई सदा स्मरणमा राख्न सन्देश समेत दिएका छन ।

बिदाई भएर जाने अग्रजहरुलाई कक्षा नौ मा अध्यणरत छात्रछात्राहरुले मिष्ठान्न भोजन समेत गराएको प्रिन्सिपल उमेस कुमार श्रेष्ठले कोहलपुर टाईम्सलाई जनाए ।

Nabintech