१२ श्रावण २०८१, शनिबार
स्ववियु चुनाव: बागेश्वरी बहुमुखिमा शान्तिपुर्ण , ५४० मत बन्द बाकसमा

सवा १२ बजे सम्म क्याम्पस हाताभित्र कुनै पनि किसिमको होहल्ला, धांधलि नभएको


  • टाइम्स संवाददाता

  • ५ चैत्र २०७९, आईतवार १२:२०

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखि क्याम्पसमा जारी स्ववियुको मतदान शान्तिपुर्वक भईरहेको हाम्रा समाचारदाता बिकल भट्टराईले जनाएका छन । अहिले बिहान साढे ११ बजेको समय सम्म ५४० मत खसेको छ भने क्याम्समा मतदाताको संख्या ११९२ रहेको निर्वाचन प्रवक्ता एकराज शर्माले कोहलपुर टाईम्सलाई जनाएका छन ।

उनका अनुसार सवा १२ बजे सम्म कुनै पनि किसिमको होहल्ला, धांधलि नभएको प्रष्ट पारे ।मतदान ३ वटा बुथमा व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायको अलग अलग भैइरहेको र हाल सम्म मतदान स्थल वरिपरि कुनै खालको अप्रिय घटना नभएको शर्माले जानकारी दिए । मतदान केन्द्रको बुथ नं १ मा मतदान अधिकृत तोयानाथ पहाडी, बुथ नं २ मा रमेशचन्द्र अधिकारी र बुथ नं ३ ध्रुव कुमार अधिकारि रहेको निर्वाचन अधिकृत सुशील कुमार अधिकारीले जानकारी दिए ।

Nabintech