१४ बैशाख २०८१, शुक्रबार
विजय भई सके पछि के भने नवनिर्वाचित स्ववियु सभापति बुढाले

बिद्यार्थीका अलावा प्राध्यापकहरुलाई समेत अन्यायमा पर्न नदिने प्रतिबद्धता


  • प्रमोद रिजाल

  • ६ चैत्र २०७९, सोमबार १८:४८

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखि क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएपछि क्याम्पस प्रारम्भिक कमिटीले आज सोमबार बिजय जुलुसको आयोजना गरेको छ । बिजय बिद्यार्थीहरुको जुलुस क्याम्पस गेटबाट प्रारम्भ भएर एनटिभि चोक न्युरोड गोलपार्क हुदै नेकपा एमाले पार्टि कार्यालयमा पुगरे सभामा परिणत भएको थियो । विजय जुलुसलाई नेकपा एमालेका प्रदेश कमिटि सदस्यहरु, नगर कमिटिका सदस्यहरु , बिद्यार्थी नेताहरुले भब्य स्वागत गर्दै सम्मान ब्यक्त गरे ।

नगर कमिटि अध्यक्ष नम प्रसाद शर्माको अध्यक्षतामा आयोजित उक्त बधाई धन्यबाद ज्ञापन समारोहमा विजयी उम्मेदवारहरुलाई अबिर खादा लगाई नगर कमिटि अध्यक्ष लगाएतका नेता कार्यकर्ताहरुले शुभकामना ब्यक्त गरेका थिए ।

बधाई मन्तब्य ब्यक्त गर्दै नगर कमिटी अध्यक्ष नम प्रसाद शर्माले अनेरास्ववियुका बिद्यार्थीहरु अनुशासित , लगनशिल र ईमान्दार हुने भन्दै सोहि कारणले विजय हुन सकेको भन्दै अब न्यायोचित मागहरु सम्बोधन गराउन र शिक्षामा हुने बिक्रिति बिसंगतिका बिरुद्ध खरो रुपमा लाग्न देबेन्द्र बुढाको नेत्ृत्वलाई आब्हान गरे ।

बिद्यार्थीहरु चेतनाको दियो बाल्ने समाजको दियो भएको चर्चा गर्दै अध्यक्ष शर्माले बिद्यार्थी हक हितका साथ साथै समाज परिवर्तनका संबाहक बन्न बिद्यार्थी नेतृत्वलाई पार्टिले हरेक पल साथ र सर्मथन गर्ने बताए ।

अनेरास्ववियुका पुर्व केन्द्रिय सचिव तथा नेकपा एमाले जिल्ला कमिटि बाँकेका सदस्य सुर्य रोकायले अनेरास्ववियु बिद्यार्थी आन्दोलनको शतिसाल भएको चर्चा गर्दै ईतिहास हेरेर परिवर्तनका लागि सधै अग्रणि मोर्चामा उभिनुपर्ने बताए । क्याम्पसमा देखिने अराजकताका बिरुद्ध होस या राज्य सत्ताले जनजिविकामाथि गर्ने प्रहार होस बिद्यार्थी अग्रमोर्चामा रहने गरेको स्मरण गर्दै बागेश्वरीमा चुनिएको नया नेत्ृत्वबाट बिद्यार्थीहरुले धेरै आस गरेको समेत बताए ।

कार्यक्रममा नवनिवार्चित स्ववियु अध्यक्ष देबेन्द्र बहादुर बुढाले आफुले गरेका प्रतिबद्धता अक्षरस कार्यान्वयनमा ल्याउने भन्दै क्याम्पसमा हरेक प्राथामिकतामा परेका कुराहरु गराएर छाडने प्रतिबद्धता गरे ।
उनले अहिले क्याम्पसमा महिला तथा अपांग मैत्रि शौचालय, इलाईबेरी, खानेपानी जस्ता आधारभुत कुराहरुको आबश्यकता रहेको भन्दै आफनो पहिलो काम यसबाट नै शुरु गर्ने बताए ।

स्थानिय सरकार, प्रदेश तथा संघिय सरकार र बाँकेबाट बिजयी सांसदहरुसंग समन्वय गरेर क्याम्पसलाई फरक किसिमको बनाउने आफनो सोचाई रहेको भन्दै नवनिर्वाचत अध्यक्ष बुढाले नियमित बिद्यार्थीका पिरमर्का बेलैमा सम्बोधन गर्ने, क्याम्पस र बिद्यार्थीबिच आफुले पुलको काम गरेर अगाडि बढने बताए । बिद्यार्थीका अलावा प्राध्यापकहरुलाई समेत अन्यायमा पर्न दिने छैन भनेका बुढाले क्याम्पसको शैक्षिक भौतिक विकासमा समेत आफनो चासो रहने जिकिर गरे ।

नेकपा एमालेकी सचिव गोमा खनालले सञ्चालन गरेको उक्त बधाई कार्यक्रममा पुर्व नगर प्रमुख एबंलुम्बिनी प्रदेश सदस्य लुट बहादुर रावत, गोपाल गिरी, घननाथ खनाल, नन्द बिशवकर्मा, गोपाल गिरी, बलराम भट्टराई,भारति खनाल स्थानिय जनप्रतिनिधि,अनेरास्ववियुका केन्द्रिय सदस्य दिनेश के.सि लगाएत पार्टि एबं बिद्यार्थी नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।

यो पनि

बांकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखि क्याम्पसमा अनेरास्ववियुको प्यानल नै बिजयि भएको छ । यस अघि सम्म अनेरास्ववियु विजयी हुदै आएको यस क्याम्पसमा यसपालि पनि आफनो विरासत जोगाउन सफल भएको छ । हिज आईतवार सम्पन्न निर्बाचनमा जम्मा ११९२ मतदाता मध्य ९६० जनाले मतदान गरेका थिए ।

जस्मा अनेरास्ववियुका देबेन्द्र बहादुर बुढाले ४५४ मत सहित अध्यक्षमा विजय हासिल गरेका छन उनका निकटतम प्रतिद्धन्द्धि नेबिसंघकी टिका कुमारी शाहिले २४० र अखिल क्रान्तिकारीका लक्ष्मण आचार्यले २२४ मत ल्याएका थिए ।

सचिव पदमा पनि अनेरास्ववियुका महेन्द्र मल्ल ३१४ मत ल्याउदै विजयी भएका छन उनका प्रतिद्धन्द्धि नेबिसंघका युवराज बिष्टले २९९ र अखिल क्रान्तिकारीका दिपेन्द्र शाहिले ३०८ मत ल्याएका थिए ।


यसैगरि कोषाध्यक्ष पदमा अनेरास्ववियुकै सुरेश चदाराले ३१४ मतका साथ विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धि नेबिसंघका नवराज बि.क.ले २८५ र अखिल क्रान्तिकारीका शान्ति बि.क.ले २६५ मत ल्याउन सफल भए ।

सदस्यहरुमा अनेरास्ववियुका सिर्जना मल्ल, तुलाराम भट्टराई, अभिशा बोहरा र तिर्थ कुमारी नकाल विजयी भएका छन । बागेश्वरी क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियू बिच तालमेल रहेको थियो । कोषाध्यक्ष र एक जना सदस्य अनेरास्ववियू रहेका छन भने अध्यक्ष सहित अन्य पदाधिकारी अनेरास्ववियुका हुन ।

विजय भए पश्चात सम्बाददाताहरुसंग संक्षिप्त कुराकानि गर्दै अध्यक्षमा विजयी देबेन्द्र बहादुर बुढाले बिद्यर्थीहरुको हकहितमा दिलो ज्यानका साथ लाग्ने बताएका छन । विजय भएपछि आफु अब सबैको शाझा अध्यक्ष भएको भन्दै सबै बिद्यार्थी संगठनका शाझा मुद्धालाई प्राथामिकताकासाथ लिपिबद्ध गर्ने बताए ।

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा समानुपातिक तर्फको अन्तिम मतगणना गर्दा अनेरास्ववियुले ३७२ नेबि संघले २८५ र अखिल क्रान्तिकारीले १९२ मत ल्याउन सफल भएका छन । यो मत परिणाम अनुसार उपाध्यक्ष, सह सचिव  अनेरास्ववियुकै हुनेछन ।अन्य २ सदस्यमा अखिल क्रान्तिकारीबाट १ जना र नेबिसंघ बाट १ जना हुनेछन ।

भिडियो

Nabintech