१५ बैशाख २०८१, शनिबार
एसईईमा ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै

प्रदेशगत रूपमा फरक–फरक प्रश्न पत्र बनाई २ हजार ३७ परीक्षा केन्द्रमार्फत परीक्षा लिइने


  • टाइम्स संवाददाता

  • ७ चैत्र २०७९, मंगलवार ०७:४९

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत १७ गतेदेखि सुरु हुँदै छ।  परीक्षाका लागि देशभर ४ लाख ८५ हजार विद्यार्थी तयारीमा जुटेका छन्। परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

कक्षा १० को एसईई परीक्षामा यस पटक ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै छन्। साधारण, परम्परागत र प्राविधिक धारका गरी ८६ विषयको परीक्षाका लागि सबै जिल्लामा उत्तर पुस्तिका र  प्रश्न पत्र पुर्‍याई सकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

प्रदेशगत रूपमा फरक–फरक प्रश्न पत्र बनाई २ हजार ३७ परीक्षा केन्द्रमार्फत परीक्षा लिइने छ।  संघीयताको प्रावधान अनुसार एसइई परीक्षा लिइने दायित्व प्रदेश सरकारको हो। तर पर्याप्त संरचना र जनशक्ति अभाव देखाउँदै केन्द्रले नै लिँदै आएको छ।

 

Nabintech