१२ बैशाख २०८१, बुधबार
जनउत्थान लघुवितको युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम

  • टाइम्स संवाददाता

  • ७ चैत्र २०७९, मंगलवार १४:१८

रुपन्देहि जिल्लाको वुटवलमा केन्दिय कार्यालय रहेको जनउत्थान लघुवित्त वित्तीय संस्थाले युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । १९ जिल्लाका ३९ वटा शाखा कार्यालय मार्फत आफनो कारोबार गर्दैआएको जनउत्थान लघुवित्त वितिय सस्था लि.ले हरेक वर्ष विश्वव्यापि रुपमा मार्च २० देखि २६ सम्म मनाईने ग्लोबल मनि सप्ताहको ११ सस्करण अन्तरगत कोहलपुर शाखाले युवा लक्षित वितिय साक्षरता तालिम सम्पन्न गरेको हो ।

सिक,बचत गर कमाउ भन्ने मुल नाराका साथ मनाईएको यस साप्ताहिक कार्यक्रम कोहलपुर १ कौशिलानगरमा रहेको ब्राईटलाईट एकेडेमिमा अध्यनरत कक्षा १२ का बिद्यार्थीहरुलाईलाइ वित्तीय विषयमा तालिम दिई सम्पन्न गरेको हो । बिद्यालय शिक्षक , शिक्षिका तथा बिद्यार्थी सहित ४७ जनाको सहभिता रहेको सो तालिमको सहजिकरण संस्थाका अनुगमन अधिकृत मधु कुवर र डिल्लिरमण खड्काले गरेका थिए । जनउत्थानले वित्तीय कामको अतिरिक्त सदस्य लक्षित तालिमहरु तथा अन्य सामाजिक कार्यमा पनि काम गर्दै आएको छ ।

Nabintech