५ जेष्ठ २०८१, शनिबार
नेपालको सीमानजिक ठूलीगाडमा बसले किचेर ५ जनाको मृत्यु

मृतकको पहिचान खुल्न बाँकी


  • टाइम्स संवाददाता

  • ९ चैत्र २०७९, बिहीबार १२:१९

कञ्चनपुर:सीमावर्ती भारतीय बजार टनकपुरनजिक ठूलीगाडमा बिहीबार बसले किचेर ५ जनाको मृत्यु भएको छ। ८ जना घाइते भएका छन्। मृतक र घाइते सबै पूर्णागिरि माता दर्शनका लागि जाँदै थिए। दुर्घटनाको पूर्ण विवरण आएको छैन।

मृतक र घाइतेहरुको परिचय पनि खुल्न सकेको छैन। स्थानीय प्रहरीका अनुसार ठूलीगाडमा उक्त दुर्घटना भएको हो। प्राप्त जानकारीअनुसार बसले सडकमा भएका यात्रुहरुलाई किचेको थियो।घाइतेहरुलाई उपचारका लागि टनकपुर अस्पताल ल्याइएको छ।

Nabintech