५ जेष्ठ २०८१, शनिबार
ट्राफिक बाँकेको एक्सन मापसे गर्नेलाई कलास लिंदै छोड्दै

  • टाइम्स संवाददाता

  • ९ चैत्र २०७९, बिहीबार १२:२७

कोहलपुर,बाँके:जिल्ला ट्राफिक प्रहरि कार्यालय बाँकेले मापसे गरि सवारी चलाउने चालकहरुलाइ नियन्त्रणमा लिइ कारबाही सुरु गरेको छ । मापसे गरि सवरी चलाउने चालकलाइ ट्रफिक प्रहरिले कक्षालिइ छोड्ने गरेको प्रहरी निरीक्षक तिलक सुनरले बताए ।

ट्राफिक प्रहरिले बुधबार साझ मापसे गरेका ब्यक्तीलाई आज बिहिबार बिहान करिब एक घन्टाको कक्षा दिएर छाडेको सुनारले बताए । पहिलो पटक करिब १५ जनालाइ कक्षामा समाबेस रहेको उनले बताए ।अब यो प्रकृया निरन्तर रहने समेत सुनरले बताए ।

चालु आर्थिक वर्षको फागुण मसान्तसम्म मापसे कारवाहीमा १ हजा ९ सय ९९ जना कारवाहीमा परेका छन् । सो कारवाहीबाट जिल्ला ट्राफिक कार्यालय कोहलपुरले १९ लाख ९९ हजार राजस्व समेत संकलन गर्न सफल भएको छ ।

Nabintech