५ जेष्ठ २०८१, शनिबार
२०८० सालमा बैंक बिदाको सूची सार्वजनिक (सूचीसहित)

  • टाइम्स संवाददाता

  • ९ चैत्र २०७९, बिहीबार १५:४८

काठमाडौं : नेपाल राष्ट्र बैंकले वि.सं.२०८० सालमा बैंकहरूमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ।  राष्ट्रबैंकले सार्वजनिक गरेको सूचीअनुसार दशैंमा ६ दिन र तिहारमा ५ दिनसहित २०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक तथा पूर्णरुपमा प्रभावित हुनेछ ।

तीमध्ये पनि २० दिन इसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटीजीएसलगायतका अत्यावश्यक बैंकिङ सेवा न्यूनतम कर्मचारीको उपस्थितिमा संचालन हुनेछ । त्यस्तो सेवा बिहान १० बजेदेखि अपरान्ह साढे १ बजेसम्म प्रवाह हुने राष्ट्र बैंकले जनाएको छ।  कार्यालय समय २०८० साल वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म तोकिएको छ।

कात्तिक १६ देखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म  र प्रत्येक शुक्रबार विहान १० देखि अपरान्ह साढे १२ बजेसम्म कार्यालय संचालन हुनेछ।  प्रदेश सरकारले आ–आफ्नो प्रदेशमा घोषणा गरेका बढीमा वर्षको ६ दिनसम्मको विदामा सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक बिदा हुने उल्लेख छ। ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेमा र काठमाडौं उपत्यकाका तीन जिल्लाको हकमा गृह मन्त्रालयले निर्णय गरेबमोजिम हुने राष्ट्रबैंकले जनाएको छ।

(हेर्नुहोस् सूची) 

Nabintech