५ जेष्ठ २०८१, शनिबार
विद्यालयबाट फर्किँदै गर्दा ढुङ्गाले लागेर एक जना बालकको मृत्यु

ढुङ्गा के, कसरी खस्यो भन्ने कुरा नखुलेको र अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ


  • टाइम्स संवाददाता

  • १० चैत्र २०७९, शुक्रबार ०९:४९

रुकुम पश्चिम :रुकुम पश्चिममा विद्यालयबाट फर्किँदै गर्दा ढुङ्गाले लागेर एक जना बालकको ज्यान गएको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ११ गोइरीका महेन्द्र परियारका ९ वर्षीय छोरा दीप रोशन परियारको बिहीवार हिजाे बेलुका ढुङ्गाले लागेर ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईका अनुसार परियारलाई विद्यालयबाट फर्कने बेला गोइरी भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गाले टाउकोमा लागेको थियो । करिब ६०/७० मिटर माथिबाट आएको ढुङ्गा टाउकोमा लाग्दा उनको घटनास्थलमै ज्यान गएकाे डीएसपी भट्टराईले जानकारी दिनुभयो ।  परियार स्थानीय बाल कल्याण माध्यमिक विद्यालयमा कक्षा दुईमा अध्ययनरत थिए । ढुङ्गा के, कसरी खस्यो भन्ने कुरा नखुलेको र अनुसन्धान भइरहेको प्रहरीकाे भनाइ छ ।

Nabintech