१२ श्रावण २०८१, शनिबार
जनप्रतिनिधिलाई हराउँदै पत्रकार बिजयी

  • टाइम्स संवाददाता

  • १० चैत्र २०७९, शुक्रबार २०:२२

कोहलपुर, बाँके : बाँकेको कोहलपुरमा जारी प्रथम गोल्डकपमा पत्रकारको टिम बिजयी भएको छ । शुक्रबार कोहलपुरका जनप्रतिनिधिको टिमसँग भएको मैत्रिपूर्ण खेलमा ४ गोलले पत्रकारको टिम बिजयी भएको हो ।

टिमलाई जित दिलाउने क्रममा पत्रकार कुमार श्रेष्ठले २ र अशोक भण्डारीले १ गोल गरेका थिए । खेलको दोस्रो हाफमा पाएको पेनान्टी प्रहारलाई सदुपयोग गर्दै भगतराम थारुले थप १ गोल थपेपछि गोलसँख्या ४ पुगेको थियो । जनप्रतिनिधिहरुको टिमले भने निर्धारित समयसम्म गोल फर्काउन सकेन ।

Nabintech