१२ श्रावण २०८१, शनिबार
कोहलपुर गोल्ड कपको फाईनल खेल क्यामरुन र ब्वाईज युनियन बिच हुने

गोल्डकपको प्रथम पुरस्कार राशी ७ लाख रहेको छ भने दोस्रो पुरस्कार राशी ३ लाख पचास हजार रहेको छ


  • बिकल भट्टराई

  • ११ चैत्र २०७९, शनिबार ०९:४७

कोहलपुर,बाँके: शनिबारदेखि कोहलपुरको १३ बिगाहामा जारि प्रथम कोहलपुर गोल्ड कपको फाईनल खेल अफ्रिकन राष्ट्र क्यामरुन र ब्वाईज युनियन काठमाण्डौ बिच आज दिउसो २ बजे हुने भएको छ । ”स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल” भन्ने मुल नाराका साथ आयोजित प्रथम कोहलपुर गोल्ड कप चैत्र ४ शुरु भएको थियो मौसमले साथ दिएमा आज फाईनल खेल हुने आयोजक कोहलपुर रेसिङ्ग क्लब कोहलपुरका सचिव नवकिरण शाहले कोहलपुर टाईम्सलाई जानकारी दिए ।

बिहिबार भएको खेलमा अफ्रिकी खेलाडि क्यामरुनले हिमालयन शेर्पालाई १ /० ले हराएको थियो भने सेमिफाइनलको पहिलो खेलमा ब्वाइज यूनियन क्लब काठमाण्डौंले आयोजक रेसिङ्ग साहारा क्लबलाई ४/ ५ ले हराउँदै विजयी भएको थियो ।

गोल्डकपको प्रथम पुरस्कार राशी ७ लाख रहेको छ भने दोस्रो पुरस्कार राशी ३ लाख पचास हजार रहेको छ । साथै गोल्ड कपमा सहभागी हुने सबै टिमलाई १ लाख २० हजार प्रदान गरिने आयोजक रेसिङ साहारा क्लबका अध्यक्ष चक्र चिमाला खत्रिले बताए । खेल आयोजनाका लागि कोहलपुर नगरपालिकाले १० लाख सहयोग गरेको छ भने खेललाई केएल दुघड कोहलपुर, बैजनाथका बिभिन्न वडाहरुले प्रायोजन गरेका छन ।

खेल आयोजनाका लागि कोहलपुर नगरपालिकाले १० लाख सहयोग गरेको छ भने खेललाई हुलास खाद्य उद्योग प्रा.लि.ले समेत प्रायोजन गरेको छ । यसैगरि कोहलपुर प्रथम गोल्ड कप सुसम्पन्न गर्न बिभिन्न पालिकाहरुबाट पनि सहयोग आईरहेको आयोजक क्लवका सचिव नवकिरण शाहले बताएका छन । उनका अनुसार हाल सम्म नरैनापुर गाउपालिकाले १ लाख, डुडुवा गाउपालिकाले १ लाख बैजनाथ गाउपालिकाले १ लाख र संस्थागत बिद्यालयहरुको साझा संस्था क्रिसा कोहलपुरले १ लाख २१ हजार उपलब्ध गराईसकेका छन । यसै गरि कोहलपुर नगरपालिकाका १५ वडाले नै खेललाई आफनो बजेटको सिमा हेरी सक्दो सहयोग गरिरहेका  छन भने कोहलपुरका ब्यापारी समाजसेवीहरुबाट पनि सहयोग प्राप्त भईरहेको आयोजक क्लव रेसिङ साहारा क्लबले जनाएको छ ।

Nabintech