२३ बैशाख २०८१, आईतवार
बाँकेको गाभरमा साईक्लिङ प्रतियोगिता सम्पन्न

बिजयी खेलाडीहरुले नगद, मेडल तथा प्रमाण पत्र प्रदान


  • टाइम्स संवाददाता

  • ११ चैत्र २०७९, शनिबार २०:१६

कोहलपुर,बाँके: बाकेको गाभरमा क्रससन्ट्री ओलम्पिक विधाको खेल सम्पन्न भएको छ । लुम्बिनी प्रदेश स्तरीय खेलमा महिला ६ जना र पुरुष १३ जना गरी जम्मा १९ जना खेलाडीहरुको सहभागीता रहेको साइक्लिङ खेलकुदमा ४.५ किलो मिटरको दुरी भएको ट्रेलमा भएको प्रतियोगितामा महिला तर्फ निर्धारित २ ल्याप ५१ मिनेट ४१ सेकेण्डमा पार गर्दै रुपा थारु प्रथम स्थान, १ घण्टा १० सेकेण्डमा एसी श्रेष्ठ द्धीतीय स्थान तथा १ घण्टा २ मिनेट २ सेकेण्डमा रिमा थारु तृतीय स्थान लिन सफल भए ।

त्यसैगरी सोही रुटमा निर्धारित ३ ल्याप ५२ मिनेट २७ सेकेण्डमा पार गर्र्दै जङगु थारु प्रथम स्थान, ५३ मिनेट २७ सेकेण्डमा देव बहादुर बोहोरा द्धीतीय स्थान, ५६ मिनेट ३२ सेकेण्डमा शिव प्रसाद थारु तृतीय स्थान लिन सफल भएका छन् । बिजयी खेलाडीहरुले नगद, मेडल तथा प्रमाण पत्र प्रदान गरियो ।

खेलमा बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश शाही ज्यूले झण्डा उचालेर प्रतियोगिताको शुरुवात गरेका थिए । बिजयी खेलाडीहरुलाई पुरुस्कार सहित प्रमाण पत्र बैजनाथ गाउँपालिका वडा १ का वडा अध्यक्ष रुप बहादुर मल्ल लगाएत अतिथितिहरुले वितरण गरेका थिए ।

बाँके जिल्ला साईक्लिङ संघको आयोजना तथा नेपाल साईक्लिङ संघको प्राविधिक सहयोगमा गाभर भ्यालीमा भएको यस प्रतियोगितामा प्रदेश खेलकुद परिषद लुम्बिनी, जिल्ला खेलकुद विकास समिति बाँके, बैजनाथ गाउँपालिका, कोहलपुर नगरपालिका, राप्तिसोनारी गाउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका, जुवलोजिकल सोसाईटी अफ लण्डन (जेड एस एल), पर्यटन विकास परिषद रुपन्देही, ओम एडभरटाईजिङ नेपालगञ्ज, केटिएम सिटी, कौशिल्या अस्पताल कोहलपुर, बैजनाथ पालिका स्तरीय साईक्लिङ संघ, नेपालगञ्ज साईक्लिङ क्लव, रारा राधा रानी महिला मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, गाभर भ्याली सामुदायिक होमस्टे, नाटा बाँके च्याप्टर, नेपालगञ्ज साईक्लिङ संघ, नेपालगञ्ज बाईसाईकल, इश्वरी युनाईटेड र हट एण्ड चिल्ली रेष्टुरेण्टको प्राविधिक तथा आर्थिक सहयोग रहेको थियो।

Nabintech