१२ श्रावण २०८१, शनिबार
दंगीशरणको आधारभुत बिद्यालयमा महीलाहरु मात्रको ब्यबस्थापन समिती

  • टाइम्स संवाददाता

  • १२ चैत्र २०७९, आईतवार ०९:५७

दाङ: पश्चिम दाङको दंगीशरण गाउँपालिका वडा नम्बर १ बाँकी बेटारपुरको आधारभुत बिद्यालयमा महिलाहरुले मात्र नेतृत्व गर्नेगरि महिलामैत्री ब्यवस्थापन समिति चएन गरिएको छ । शनिवार भएको अभिभावक भेलाले ६ सदस्यीय विद्यालय ब्यवस्थापन समिति चएन गरेको हो ।

भेलाले अध्यक्षमा गोमा बस्नेतलाई चएन गरेको छ भने सदस्यहरुमा निर्मला डाँगी, शान्ति विष्ट, ममता बिष्ट, सीता परियार र सौँरी सुनार चएन भएको बिद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बिष्टले जनाएका छन।

दंगीशरण गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष रमेश भण्डारीको उपस्थितिमा भएको अभिभावक भेलाले बिदालयको सर्वार्गिन विकास र नमुना विद्यालय बनाउने पबित्र उद्धेश्यका साथ महिलाहरुमात्र भएको कार्यसमिति चएन गरिएको जनाईएको छ ।

Nabintech